वित्तिय साक्षरता अन्तरगत बचतलाइ पहिलो प्राथमिकतामा पारेर धन सृजना हुने बचत गर्न सदस्यलाइ उत्प्रेरित गर्ने , कम्तिमा ६ महिनाको लागि खान पुग्ने बचत जम्मा गर्न ,घरायसी बजेट बनाएर खर्च गर्न ,उद्यमी बन्न , मितब्ययी हुन उत्प्रेरित गर्ने काम सहकारीले गर्न सक्छ ।
नेपालमा नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने ईजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले समग्र वित्तीय कारोबारको करिब ८५ प्रतिशत अंश ओगटेका छन् । यसैगरी, देशमा बाँकी करिब १५ प्रतिशत अंश बचत तथा ऋण कारोवार गर्ने सहकारी क्षेत्र लगायतले ओगटेको छ । सहकारीहरू पनि वित्तीय क्षेत्रमा महत्वपूर्ण हिस्सा ओगटने एउटा क्षेत्र हो । यो क्षेत्रको कारोबार क वर्गका वाणिज्य बैंकहरूको भन्दा कम तर अन्य वर्गका वित्तीय संस्था (विकास बैंक र वित्त कम्पनी) हरूको भन्दा बढी रहेको छ ।
सहकारी संस्थामा सदस्यता वृद्धिको क्रममा हामीले सहकारी मापदण्ड २०६८ अनि सहकारी ऐन २०७४ लाई बिर्सियर सदस्य बनाउने क्रम लाई निरन्तरता दिदै गयौ, जुन नगर्नु पर्ने काम थियो तर गरिरह्यौ , यो हाम्रो कमजोरी भयो । २०७४ कात्तिक १ गते पछि एकै स्थानीय तहमा सञ्चालित समान प्रकृतिका सहकारी संस्थामा कति सदस्यहरू नंयाँ बने अनि ती सदस्यहरु अर्को सहकारी मा सदस्य थिए, थिएनन् कसले खोज्यौ ?
कुनै पनि मानिस एक पटक दुइ वटा गाडीमा चढेर कुनै १ गन्तव्यमा पुग्न सक्दैन । एक गन्तव्यका लागि एकै गाडी काफी हुन्छ । प्रत्येक सहकारीका आफ्नै परिकल्पना, ध्येय र उद्देश्य हुन्छन् । सहकारीहरूले सदस्यलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलापहरू सञ्चालन गर्नुपर्छ । वास्तवमा सहकारी संस्थाहरूले गर्नुपर्ने पनि यही हो । सहकारी ऐनले सहकारी संस्थाहरूलाई आफ्नो बिषयमा अभिप्रेरित गराउने उद्देश्यले यो सहकारी ऐनमा दोहोरो सदस्यता सम्बन्धी व्यवस्था गरेको जस्तो मलाई लाग्छ ।
सहकारी क्षेत्रमा बिशेष गरी नियमनकारी निकायबाट जारी निर्देशन बमोजिम १४.७५ प्रतिशत (आगामी कार्तिक १५ देखि लागु हुने) भन्दा बढी नहुने गरी मात्र ऋण लगानी गर्नु पर्ने प्रावधान छ ।सहकारी क्षेत्रमा बिशेष गरी नियमनकारी निकायबाट जारी निर्देशन बमोजिम १४.७५ प्रतिशत (आगामी कार्तिक १५ देखि लागु हुने) भन्दा बढी नहुने गरी मात्र ऋण लगानी गर्नु पर्ने प्रावधान छ ।
स्वचालित प्रणालीको विकास, आपुर्ति श्रृंखला, डिजिटाइजेसन, सर्भिटाइजेसन, वित्तीय प्रणाली, विद्युतीय लेखा प्रणाली लगायतका अनेकौ क्षेत्रमा नयाँ आयामको विकास हुदैछ । परिस्थिमा आएको यो परिवर्तनले राज्यव्यवस्था प्रणाली र सामाजिक संरचना, व्यावसायिक आयाम र सीप तथा ज्ञान र धारणामा परिवर्तन ल्याउँदै छ । यो परिघटनामा सहकारी अभियान अछुतो हुनेछैन त्यसको पहिलो प्रभाव वित्तीय सहकारी अभियानमा पर्दैछ । कोभिड —१९ को कहरलाई संवोधन गर्न नेफ्स्कुनले “सामाना शक्ति विकासको लागि सदभावपूर्ण सहकार्य” लाई यो वर्षको नारा वनाएको छ ।