सहभागी साकोस प्रतिनिधिहरुले संस्थाको वित्तीय अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम काठमाडौ दोश्रो समुहका १० वटा सहकारीका सञ्चालक समिति, व्यवस्थापक र कर्मचारीहरुले काभ्रेका दुई वटा बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेका छन् ।
६५औं राष्ट्रिय सहकारी दिवसको थिम “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” लाई आत्मसाथ गर्दै अखण्ड साकोसले प्रविधि प्रयोगमा चालेको कदम सह्रानीय रहेको अध्यक्ष पौड्यालले बताउनुभएको थियो ।
काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख व्यक्तित्व नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो ।
काठमाडौंको धुम्बाराहीस्थित महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला फागुन १६ गते सम्पन्न भएको छ ।
कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५० जना को उपस्थिति रहेको थियो ।