नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अध्यक्षता गर्नुभएको कार्यक्रममा संघकी सञ्चालक विद्या कोइराला, जिल्ला सहकारी सघंका सञ्चालक सुशिला उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड चितवनका सञ्चालक ऋतु गिरी लगायतका अतिथिको उपस्थिति थियो ।
कार्यक्रममा संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने महिला उपाध्यक्ष विमला प्रधानले मन्तव्य सहित कार्यक्रम समापन गर्नु भएको बचत संघका कर्मचारी खगेन्द्र प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।
उक्त अनुगमन निरीक्षणमा आइएलओका परामर्शदाता डा. प्रदिप उपाध्यायसँगै नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्य सहितको टोलीले ललितपुर र भक्तपुरका गरी २ बचत तथा ऋण सहकारी संस्थाका उद्यमी महिलाहरुले सञ्चालन गरेको उद्यमशिलता विकास सम्बन्धी कृषि परियोनाको सम्बन्धमा स्थालगत निरीक्षणका साथै समस्याहरुको बारेमा जानकारी लिएको हो ।
कार्यक्रमको अध्यक्षता कोष सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख अतिथि पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्ततमान अध्यक्ष केशब प्रसाद बडाल, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डीबी बस्नेत, पूर्व अध्यक्ष ऋषिराज घिमिरे, नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्यहरु यज्ञ प्रसाद ढकाल, रिना आचार्य, न्हुछे नारायण श्रेष्ठसँगै कोष सञ्चालन समितिका सदस्यहरु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पंगेनी, अर्थ मन्त्रालयका उपसचिव गोविन्द प्रसाद सुवेदी, नेपाल राष्ट्र बैंकका उप निर्देशक रामकाजी खाईजु, राष्ट्रिय सहकारी विकास बोर्डका उप निर्देशक अनिलराज पौडेल, राष्ट्रिय सहकारी महासंघ नेपालका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ लगायत कोषमा योगदान गर्ने बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु, नेफ्स्कून उच्च व्यवस्थापन तथा सञ्चारकर्मीरुको उल्लेख्य उपस्थिति रहेको छ ।
संस्थातग विकास तथा सामाजिक सुरक्षा कोष अभिमुखिकरण कार्यक्रम बर्दिया जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।
गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले जिल्ला संघ सबलीकरणका लागि नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी कार्यक्रम विकास गरी कार्यान्वयनमा रहेको जानकारी गराउनुभयो ।