बिहीबार, फागुन १३
०४:१५

महामारी सिर्जित खाद्य सुरक्षाको चुनौती र सहकारीको भूमिका

शुक्रबार, कात्तिक २१
saccosaawaj


शान्ति अधिकारी
उपाध्यक्ष, नेफ्स्कून

संसारभर एकैपटक यातायात सेवा रोकिएला, मानिसहरु घरमै बन्दी हुनुपर्ला, व्यक्तिगत सम्पर्कबाट टाढिनुपर्ला भन्ने हामी कमैको कल्पनामा थियो होला ? विश्वकै शक्तिशाली राष्ट्र देखि अति कम विकसित राष्ट्र यो अवस्थाबाट प्रभावित भएका छन् ।

परिस्थिति ः
सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट शुरु भएको नोबल कोरोना भाइरसको संक्रमण युरोप, उत्तर तथा दक्षिण अमेरिका, अफ्रिका, अष्ट्रेलिया, एसिया हुँदै दक्षिण एशियाली मुलुक नेपाल सम्म पनि आइपुग्यो । कोभिड–१९ को सम्भावित संक्रमण रोकथामका लागि नेपालमा चैत ११ गतेदेखि सुरु भएको लकडाउन समयक्रममा स्वरुप परिवर्तन गर्दै सटडाउनदेखि प्रतिबन्धात्मक अवस्था हुँदै हालसम्म पनि पूर्णतः खुल्ला भएको छैन । यो लेख तयार पार्दा सम्म विश्वमा ३ करोड ७५ लाखभन्दा बढी संक्रमित भएका छन् भने १० लाख ७८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । कोरोना कहरबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै करिब ७९ लाख संक्रमित र २ लाख भन्दा बढीको मृत्यु भएको तथ्याङ्क छ । नेपालमा संक्रमितको संख्या १ लाखबाट उकालो लागेको छ भने ६ सय भन्दा बढीले ज्यान गुमाइसकेको तथ्याङ्क छ ।

विश्वको शक्तिशाली मुलुक अमेरिकामा कोरोना भाइरस महामारीबाट १ करोड ८० लाख बालबालिका सहित ५ करोड ४० लाख जनसंख्याले भोकमरीको सामना गर्नेपर्ने अनुमान गरिएको छ । यो संख्याले अमेरिकामा मात्रै प्रति ९ जनामा १ जना भोकरीमबाट संघर्ष गर्नु परिरहेको देखाउँछ । भोकमरीको कुनै घेरा बारा र सिमाना हँुदैन, जो पनि यसबाट प्रभावित हुन सक्छन् । प्रतिकूल परिस्थितिले खाद्यान्न उत्पादन घट्न सक्ने, कतिपय मुलुकले आफ्ना कृषि उत्पादनको निकासीमा बन्देज लगाउने लगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य बढ्न सक्ने सम्भावना देखिएको छ । यस्ता कारणले भोकमरीको समस्या आउन सक्ने संभावना प्रबल छ । हाम्रो छिमेकमा ठुलो जनसंख्या भएका मुलुक छन् । हामी आफैमा अन्नमा आत्मनिर्भर छैंनौ । आफैलाई अपुग अवस्थामा पनि बजार मागका कारण हाम्रो अन्नबाली छिमेकी मुलुक पुग्न सक्छ । विपत्तिको बेला यो अझ ठुलो संकटको अवस्था हो । 

समाचारहरुलाई आधार मान्ने हो भने कोरोनाको खोप, परिक्षण र उपलब्धताको सम्भवना सुदूर नभएपनि यसले निम्त्याएको समस्या पार लगाउन हामीलाई अलि बढी नै समय लाग्न सक्छ । एउटा महामारी सकियो अव सबै कुरा सामान्य हुन सक्छ भन्ने अवस्था छैन । २०७२ को विनाशकारी भूकम्प, त्यस लगतैको  नाकाबन्दीले हाम्रो मुलुकलाई केही समय अस्तब्यस्त पा¥यो । बाढी पहिरोको समस्या त नियमित आकस्मिकता हो । यी यावत् समस्याबाट उम्कन नपाउँदै हामीलाई कारोना भाइरसको असर थपिएको छ । 

संसारभर एकैपटक यातायात सेवा रोकिएला, मानिसहरु घरमै बन्दी हुनुपर्ला, व्यक्तिगत सम्पर्कबाट टाढिनुपर्ला भन्ने हामी कमैको कल्पनामा थियो होला ? विश्वकै शक्तिशाली राष्ट्र देखि अति कम विकसित राष्ट्र यो अवस्थाबाट प्रभावित भएका छन् । यो समस्याले मानवीयता सबैभन्दा ठुलो कुरा, नैतिकवान सभ्य नागरिक देशको सबैभन्दा ठुलो सम्पत्ति र हातहतियारमा खर्च गर्नुभन्दा स्वास्थ्य क्षेत्रमा पूर्वाधार सम्पन्न बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने पाठ सिकाएको छ । तर यसबाट उम्केर अगाडि बढ्ने र सम्भावित विकराल अवस्थाबाट बच्न गर्नुपर्ने पूर्व तयारीको स्पष्ट कमी हामीमा देखिन्छ । 

खाद्य सुरक्षाको अवधारणा र हाम्रो अवस्था ः

कोरोना महामारीले सबै भन्दा बढी खाद्य सुरक्षामा असर पार्ने देखिएको छ । सम्पन्न र शक्तिशाली मुलुकमा समेत भोकमरी समस्या पर्ने देखिएको छ भने हाम्रो जस्तो कम विकसित मुलुकमा यस्कोे प्रभाव अझ बढी पर्ने सम्भावना प्रबल छ । 
खाद्य सुरक्षा अवधारणाको विकास सन् १९७० को मध्यबाट भएको पाइन्छ । तर यसका लागि पर्याप्त काम आज पनि हुन सकेको छैन । खाद्य सुरक्षा भन्नाले खाद्य पदार्थको उत्पादन, त्यसको व्यवस्थित भण्डारण, उपयोग र पहुँचको समग्र अवस्था बुझाउँछ । यसले खाद्य सुरक्षा जोखिममा रहेकाहरुलाई खाद्य सुरक्षा अभावबाट ज्यान गुमाउनुपर्दैन र उनीहरुले पनि खाद्यान्नको सरल सहज उपभोग गर्न पाउनु पर्छ भन्ने मान्यता राख्दछ । खाद्य सुरक्षा अति आवश्यक मानवअधिकार भित्र पर्दछ । नेपालको संविधानको भाग ३ मा मौलिक हक अन्र्तगत खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । गुणस्तरीय मानव जीवनपायनका लागि खाद्य सुरक्षा अनिवार्य आवश्यकताको रुपमा रहन्छ । आफ्नो आवश्यकता अनुसारको पोषणयुक्त खाद्यान्नको उपलब्धता र उपभोगमा पहुँचको अवस्थाले खाद्य सुरक्षाको अवस्था निर्धारण गर्दछ । कुनै एकको अभावमा खाद्य सुरक्षा भएको मान्न सकिदैन । अर्थात् खाद्यनमा पहुँच छ तर, यसको पोषण तत्व कायम राखेर स्वच्छ तरिकाले उपभोगको ज्ञान भएन भने पनि त्यसलाई खाद्य सुरक्षा मान्न सकिदैन । खाद्य सुरक्षा एक बहुआयामिक अवधारणा हो जसका केही मान्यताहरु छन् । यसमा आधारभूत आवश्यकताको रुपमा खाना हुन्छ । त्यस्तै, कृषि प्रणालीमा परिवर्तन, प्राकृतिक स्रोतको उचित प्रयोग र संरक्षण, सामाजिक शान्ति, भोकमरीको अन्त्य र प्रजातान्त्रिक नियन्त्रण भएमा मात्रै कुनै पनि देशमा खाद्य सुरक्षा रहेको मानिन्छ । 

विश्व खाद्य शिखर सम्मेलन १९९६ को परिभाषा अनुसार खाद्य सुरक्षाका मुख्य चार आयमहरु छन्ः

१. खाद्य सामाग्रीको उपलब्धता (Availability of Food):  (उत्पादन, भण्डारण, वितरण) खाधान्नको भौतिक उपलब्धता ले आपूर्ति पक्ष लाइ सम्बोधन गर्दछ  । खाद्य उत्पादन, बिक्रि वितरण ,भण्डारणको प्रणली महत्वपुर्ण हुन्छ ।  महामारी जस्ता आपतकालिन समयमा समेत उपलब्धताका निम्ति भण्डारण र वितरण प्रणालिको संयन्त्र निर्माण गर्नु पर्दछ ।

२. खाद्य सामाग्रीमाथिको पहुँच (Accessibility of Food):  (खाद्यान्न किन्नका लागि सक्षमता) खाद्यन्नमा पहुँचले व्यक्तिको आवश्यकता अनुसारको पोषणयुक्त खाद्यन्नमा भौतिक र आर्थिकरुपमा पहुँचलाई दर्शाउँछ  खाद्यान्नको पर्याप्त आपूर्ति भए पनि  नागरिकको क्रयशक्ति भएन भने उपभोग गर्न सक्दैनन । यो आयश्रोत, खर्च ,बजारमूल्य र नीतिहरुमा केन्द्रित हुन्छ ।

३. खाद्य सामाग्रीको प्रयोग(Use of Food):  (पौष्टिक तत्व जोगाएर प्रयोग गर्ने) शरीरलाई आबश्यक पर्ने प्रोटिन कार्बोहाइड्रेट, भिटामिन र खनिज पदार्थ को श्रोत नै खाना हो खाना खाने बानि ब्यबहार सहि नभएमा यी तत्वहरु प््रााप्त नहुन सक्छ खानाको गुणस्तर कायम राख्ने , सन्तुलित आहार खाने तौर तरिकाले पोषणको अबस्था बताउछ ।

४. स्थिरता (Stability): ( हरेक अवस्थामा सहज तरीकाले उपलब्ध हुनु)

माथिका तिन् वटै अबस्थामा तलमाथि हुनुहुदैन जस्तै राजनीतिक अस्थिरता,आर्थिक मन्दी ,बेरोजगारी, मुल्यबृद्धि, जलबायु परिवर्तनले निम्त्याएको प्रकोप आदिले खाद्य सुरक्षामा असर गर्दछ । बैज्ञानिक प्रविधिले कृषि उत्पादनमा वृद्धि हुन्छ तर भएका उत्पादन खेर जान दिनु हुदैन रोक्नुपर्छ  । जस्तो सुकै सहज असहज परिस्थीतिमा पनि स्थिीरता आवश्यक हुन्छ ।

विश्वभरका राष्ट्रहरुको साझा मञ्च संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा लागि निर्धारण गरेको दिगो विकासका १७ वटा लक्ष्य प्राप्तिका १९३ सदस्य मुलुकले सहमति जनाएका छन् । दिगो विकासका  पाँचवटा क्षेत्र निर्धारण गरिएका छन् जसमाः 
नागरिक PEOPLE, पृथ्वी PLANET, सम्बृद्धि PROSPERITY, शान्ति PEACE  र सहभागिता PARTICIPATION रहेका छन् । दिगो विकासको लक्ष्य १ र २ का गरिबी र भोकमरीको अन्त्य प्रत्यक्ष रुपमा खाद्य सुरक्षासँग समबन्धित छन् । एक दशकको तथ्यांकलाइ केलाउदा भोकमरीबाट पिडितको संख्या बढ्दो रुपमा रहेको विशेषज्ञहरुको भनाइ छ  यसले गर्दा सन् २०३० सम्ममा दिगो विकास लक्ष्यको प्राप्तिमा चुनौती देखिन्छ ।

विश्व भोकमरी सुचांकमा ११७ राष्ट्र मध्य नेपाल ७३ औं स्थानमा रहेको  छ ।  कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर र बाल बालिकाको वृद्धि एवं विकासलाई आधार मानेर यस्तो स्तर निर्धारण गरिन्छ । नेपालको झन्डै ४१ प्रतिशत जनसंख्या दैनिक रुपमा आवश्यक २ हजार २ सय ७९ क्यालोरीका लागि चाहिने खाद्यान्न उपभोगबाट बन्चित रहेको अध्ययनले देखाएको छ । ४१ प्रतिशत बालबालिका दीर्घ कुपोषणबाट पिडीत छन् । १५ प्रतिशत बालबालिकामा ख्याउटेपन छ । नेपालका केही दुर्गम जिल्लाहरु अझै पनि खाद्य असुरक्षामा छन् । यी तथ्यांकले सामान्य अवस्थामा पनि नेपालमा खाद्य सुरक्षाका लागि धेरै काम हुन बाँकी रहेको देखाउँछ । अहिले एक पछि अर्को महामारी र समस्याबाट गुज्रिरहेको परिवेशमा अझ बढि सक्रियता आवश्यक पर्दछ । समग्र मानव विकासका लागि देखिएका चुनौती न्यूनीकरण र समाधानमा सहकारीको भूमिकाको खोजी आलेखको प्रमुख ध्येय हो । 

सहकारीको भूमिका ः  

सहकारीले ६२ हजारलाइ प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष लाखौलाई रोजगारी सृजना गरेको छ । वित्तीय क्षेत्रमा पहुँच वृद्धि ,उद्यमशीलता विकास ,गरिबी न्यूनीकरण, महिला सशक्तिकरण गर्दै आर्थिक ,सामाजिक साँस्कृतिक रुपान्तरण  र जीवनस्तर सुधार तर्फ सहकारी अगाडी बढेको छ । 
 
अन्तर्राष्ट्रिय सहकारी महासंघ(ICA)का अनुसार विश्वमा ३० लाख सहकारी छन् । विश्व जनसंख्याको १२ प्रतिशत मानिसहरु सहकारीमा आबद्ध छन्  । विश्वभर १० प्रतिशत रोजगारी सहकारी मार्फत सृजना भएको छ । विश्वका ३ सय ठुला सहकारीले झण्डै २४ अर्ब नेपाली रुपैयाँ बराबरको  कारोबार गर्दछन् । महासंघले राष्ट्र संघीय दिगो बिकासका १७ वटा लक्ष्यलाई मुख्य ३ समुहमा  विभाजन गरी विश्वका सहकारीलाई  तिनको प्राप्तिमा ऐक्यबद्धता जनाउन आब्हान गरेको छ । जसमा १) गरिबी निवारण २) आधारभूत बस्तु तथा सेवा को पहुँच सुधार ३) वाताबरणको संरक्षण रहेका छन् । यो आह्वान अनुसार हामी सहकारीकर्मीहरु सामान्य अवस्थामा पनि अन्य मुलुकको तुलनामा बढी  सक्रिय हुनुपर्ने अवस्था छ ।
राष्टिय योजना आयोगको पन्ध्रौ आवधिक योजनालाई आधार मान्ने हो भने आर्थिक वर्ष २०७५/०७६ सम्ममा देशभर ३४७६३ सहकारी संघ संस्थामा करिब ६६ लाख सदस्य छन् । प्रारम्भिक सहकारीमा ७७ अर्ब सेयर पुँजी र ३ खर्ब ४६ अर्ब बचत परिचालन भएको छ भने ३ खर्ब ३३ अर्ब ऋण परिचालन भएको छ  । सहकारीले ६२ हजारलाइ प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष लाखौलाई रोजगारी सृजना गरेको छ । वित्तीय क्षेत्रमा पहुँच वृद्धि ,उद्यमशीलता विकास ,गरिबी न्यूनीकरण, महिला सशक्तिकरण गर्दै आर्थिक ,सामाजिक साँस्कृतिक रुपान्तरण  र जीवनस्तर सुधार तर्फ सहकारी अगाडी बढेको छ । 

अहिलेको बिषम् परिस्थतिमा यतिको श्रोत साधन र जनशक्ति सम्पन्न सहकारी क्षेत्रलाई अरुले झक्झक्याउनुपर्ने पर्ने अवस्था आउनु नपर्ने हो । तर अपेक्षित रुपमा हामीले योजनाबद्ध तरिकाले काम गर्न सकेका छौं की छैनौं निर्मम समीक्षाका साथ तत्काल सक्रिय हुनु पर्छ । महामारीसँगै गरिबीबाट सबैभन्दा बढी प्रताडित निम्न वर्गीय, सिमान्तकृत एवम् असंगठित रोजगारीमा संलग्नहरुलाई सहकारीले कस्तो खालको सेवा प्रवाह गर्नसक्छ ? एक पटक गम्भिर भएर सोच्नु पर्ने र केही गर्नु पर्ने बेला हो । हामीले सहकारीका नाममा खादा र माला लगाएर थुप्रै भाषण ग¥यौ, ताली पनि बजायौ तर अब एक पटक संस्थाको विनियमको प्रस्तावनाको पाना फेरि एकपटक पल्टाएर अध्ययन गर्नु पर्ने अवस्था आएको छ । 

सम्पूर्ण सहकारीकर्मीहरुको साझा लक्ष्य मानव जीवनस्तर सुधार हो । के हामीले गरिरहेको काममा त्यो लक्ष्य प्रतिबिम्वित हुन्छ ? समिक्षा गरौं । विगत भन्दा सुधार गर्नु पर्ने हाम्रो कर्तब्य हो तर अहिले कोरोना महामारी र त्यसले खाद्य सुरक्षामा पारेको प्रभावले सुधारिएको जीवनस्तरमा पनि ह्रास आउन सक्छ । त्यसलाई रोकथाम गर्नु पहिलो प्राथमिकता हुनु पर्छ । 

सहकारी सम्भावनाहरु :

मुख्य रुपमा खाद्यान्नको उत्पादनमा गिरावट आउन नदिने, उत्पादित खाद्यान्नको सुरक्षा गर्ने र खाद्यान्नमा सबैको पहुँच सुनिश्चत गर्ने काममा हामी सहकारीकर्मीले ध्यान दिनु पर्छ । यसका लागि स्थानीय स्तरमा गर्न सकिने पहलको चर्चा यहाँ गर्न खोजिएको छ । 

अभिलेख तयार गर्ने :  

आफ्ना सदस्यहरुको सूचीबाट खाद्य सुरक्षाको जोखिमा रहेका सदस्यहरुको सूची निकाल्नु पर्छ । अत्यन्त प्रभावित, मध्यम प्रभावित र सामान्य प्रभावितहरु व सम्भावितहरुको सूची तयार गर्नु पर्छ । तीन सूचीलाई रातो, पहेलो र हरियो रंगका माध्यमबाट सहज पहिचान दिन सकिन्छ । रातो सूचीमा रहेकाहरुलाई तत्काल सहकारी र स्थानीय सरकारका कोष परिचालन गरी राहत उपलब्ध गराउनु पर्छ । यस सूचीमा विभिन्न ग्रामिण इलाकाबाट शहरमा भाडामा बस्ने र दैनिक ज्यालादारीबाट जीवन निर्वाह गर्ने शहरी गरिबहरु पर्न सक्छन् । उनीहरुको काम सबंै भन्दा बढी प्रभावित भएको छ । रोजगारीमा अल्प वा पूर्ण विरामले भोकै बस्नु पर्ने अवस्था भएका नागरिकलाई राहत पु¥याउनु पर्ने मुख्य कर्तब्य हुन सक्छ ।  

कौशी खेतीमा प्रोत्साहन : 

अहिले कौशीखेती तर्फ आकर्षण बढ्दो छ । आफ्नो करेसाबारीको प्रयोगबाट मानिसहरु मौसमी तरकारीमा आत्मनिर्भर बन्दै गएका छन् । यसले खाद्यान्न उत्पादनमा आएको गिरावट रोक्न सक्छ भने अभावका बेला बजारमा उपलब्ध हुने गुणस्तरहीन खाद्यान्न माथिको निर्भरता घटाउन सघाउ पुग्छ ।  परिवारको स्वास्थ्य सँगसँगै खर्च जोगिन्छ । एक बोट कागतीबाट पाँच सय दाना छतमै फलेको र वर्षौ कागती किन्न नपरेको शहरी क्षेत्रका महिला सहकारीकर्मीको अनुभव छ । नेपालका प्रतिष्ठित व्यक्तिहरुले आफ्ना सामाजिक सञ्जाल मार्फत कौशीमा फलेका हरिया तरकारी र फलफुलका तस्बिरहरु राख्दै गर्दा आम सर्वसाधरणलाई पनि कौशी खेती तर्फ आकर्षित गरेको छ । स्थान अभावले छतमा भएपनि कुखुरा पालन गरी मासुमा आत्मनिर्भर भएका छन् । परनिर्भरतालाई कम गर्ने यो सुनौलो अवसर पनि हो । यस कार्यमा विशेष गरी महिलाहरुको रुचि बढेमा परिवारलाई पोषिलो विषादी रहित हरिया तरीकारीको सहजता हुनेछ । घरबाट निस्केका कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गरेर कौशी खेती वृद्धि गर्न सकिन्छ । सहकारीका सदस्यको पहिलो काम भनेको बचत गर्न जान्नु हो । मितव्ययीयता अपनाए थोरै पुँजीबाट पनि घरलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न सकिन्छ । सहकारीले महिला कृषकलाइ आबश्यक श्रोत साधन सहज रुपमा उपलब्ध गराई पारिवारको खाद्य सुरक्षामा  सहभागी गराउन सक्छ ।

शिक्षा तथा सुचना ः 

खाद्यान्नको उपलब्धता र पहँुच भएपनि आबश्यक पोषणको मात्रा भएन वा खाना पकाउने र खाने ज्ञान भएन भने त्यसले खाद्य सुरक्षा कायम हुन सक्दैन । जापानीहरुको खानाको सँस्कृति विश्वकै उत्कष्ट मानिन्छ । जापानमा सहकारी शुरुवात (सन् १९६०) को अबस्था बाटै सहकारीका सदस्यहरुलाई परिवारको स्वास्थ्यलाई सहयोग गर्ने खानपिनका तरिका, करेसावारी कसरी सधैं हराभरा बनाउने, पूmर्सदको समय कसरी सदुपयोग गर्ने, बाहिरी दुनियाको खबर कसरी थाहा पाउने, बालबालिकाको पढाइमा कसरी सहयोग पु¥याउने जस्ता कुराहरु सिकाउने गरिन्थ्यो । हाम्रो समाजमा प्रायः महिलाले नै  भान्सा सम्हाल्ने प्रचलन छ । फाष्ट फुड, जंक फुडको साटो बालबालिकाहरुलाइ घरमै बनेका  गुणस्तरीय खाजा खान सानै देखि बानी पार्न सक्नुपर्छ जुन सस्तो र स्वास्थ्यकर दुवै हुन्छ ।  बालबालिकाहरुलाई जस्तो बानी बसाल्यो त्यही पुष्पित र पल्लवित हुँदै जान्छ । ५१ प्रतिशत महिला सहभागिता र ४० प्रतिशत महिला संचालक भएको नेपालको सहकारी अभियानमा सदस्य हितकर यस्ता जीवनोपयोगी सीप सम्बन्धी शिक्षा तथा सूचना सामयिक प्रवाहका माध्यमबाट असल खाद्य सँस्कृति विकासमा सहकारी सेतु स्थापित हुन सक्छ । 

आपसी समन्वय र सहकार्य :

अहिले सहकारीहरुको पहुँच प्रायः हरेक घरमा छ । यसले सबै भूगोलमा यसको पहँुच प्रमाणित गर्दछ । यति हुँदाहुँदै पनि अन्तर सहकारी समन्वय र सहकार्य संस्कृतिको अभ्यास कम छ । हाम्रो क्षमताको अधिकतम उपयोग गर्न नसक्दा आम सहकारीकर्मीहरु पनि साँच्चिकै सहकारिताको अनुभूति गर्नबाट बञ्चित छन् । लकडाउनका कारण कुनै एक ठाउँमा उत्पादन भएका तरकारी, दुध, कुखुरा, अण्डाले बजार पाउन सकेको छैन भने अन्यत्र तिनै चिजको अभाव (कृत्रिम?) ले महंगीको मार थपिएको छ । यातायात नचल्दा चितवनमा अधिक मात्रामा उत्पादित तरकारी र कुखुराजन्य उत्पादनले बजार पाउदैन तर तिनै वस्तु  घना बस्ती भएका पोखरा, काठमाण्डौका सहकारीकर्मीले महँगोमा किन्नु परिरहेको हुन्छ । यस्तो बेला सहकारीकर्मीले समन्वय गरेर दोहोरो लाभ सुरक्षित गर्न सक्नु पर्छ । यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा खाद्य सुरक्षामा सघाउ पुग्दछ ।  

वित्तिय साक्षरता अन्तरगत बचतलाइ पहिलो प्राथमिकतामा पारेर धन सृजना हुने बचत गर्न सदस्यलाइ उत्प्रेरित गर्ने , कम्तिमा ६ महिनाको लागि खान पुग्ने बचत जम्मा गर्न ,घरायसी बजेट बनाएर खर्च गर्न ,उद्यमी बन्न , मितब्ययी हुन  उत्प्रेरित गर्ने काम सहकारीले गर्न सक्छ ।

अन्त्यमा,
कोरोना भाइरसले निम्त्याएको परिस्थतिले ज्याला मजदुरी गर्नेहरुको रोजीरोटी खोसिएको छ । बैक वित्तीय संस्थाको ऋण लिएर व्यवसाय शुरु गरेकाहरुले ब्याज तथा किस्ता तिर्न नसक्ने अवस्था सृजना भएको छ । आर्थिक उपार्जनका धेरै ढोकाहरु बन्द छन् । पर्यटन, सेवा र निर्माण व्यवसायमा व्याप्त मन्दीले हजारौंको रोजगारी गुमेको छ । दैनिक ज्यालादारी गरी पेट भर्ने मजदुरको अवस्था निकै भयावह छ । बन्दाबन्दी लम्बिदै जाँदा भएको बचत पनि सकिदै गएको छ । खाद्य बजार खुल्ला रहेपनि आकाशिएको मुल्यले सामान्य मानिसलाई किनेर खान असहज भएको छ । यिनै सेरोफेरोमा हामीले ६ महिना बिताई सकेका छौ । अझ कति विताउनु पर्ने हो यसै भन्न सकिने अवस्था छैन । 

कोरोनाले धेरै क्षेत्रमा असर गरेपनि केही बाध्यात्मक सृजनशिलता पनि देखिएको छ । लामो समय शहरमा विताएर घर फर्केका युवाले गाउँमा कृषि कार्य गरी बर्षौ बाँझो खेतबारी हराभरा बनाएको देखिन सुनिन थालेको छ । यसलाई स्थानीय सहकारी र स्थानीय सरकारले प्रोत्साहन गर्न सक्नुपर्छ । 

समय बचत गर्ने र खर्च बचत गर्ने प्रविधिलाई जान्ने बुझने र प्रयोग गर्ने बानी विकसित भएको छ । कहिल्यै प्रयोग नभएका मोबाइल एप, बिद्युतीय सेवा र बिकल्पका खोजी भएका छन् । कार्यालयको काम घरमै बसेर गर्न, पढ्न, कुनै पनि सेवा लिन दिन सजिलो भएको छ । यस्ता कुरालाई सहकारी र स्थानीय सरकारको सहयोगमा प्रोत्साहन गर्न सकिन्छ । प्रविधिले दिएको सुविधा प्रयोग गरी विश्वमा भएका अभ्यास सिक्ने, त्यसलाई स्थानीय क्षेत्रमा अनुकरण गर्ने काममा सहकारी अगुवाले आफुलाई सक्रिय पार्नु पर्छ । कोरोनाको असर निराकरण गर्न सक्रियतापूर्वक सहकारीकर्मीले एक पटक फेरी आफ्नो भूमिका प्रमाणित गर्नु पर्छ । यसलाई अवसरका रुपमा लिन सक्नु पर्छ । 

वित्तिय साक्षरता अन्तरगत बचतलाइ पहिलो प्राथमिकतामा पारेर धन सृजना हुने बचत गर्न सदस्यलाइ उत्प्रेरित गर्ने , कम्तिमा ६ महिनाको लागि खान पुग्ने बचत जम्मा गर्न ,घरायसी बजेट बनाएर खर्च गर्न ,उद्यमी बन्न , मितब्ययी हुन  उत्प्रेरित गर्ने काम सहकारीले गर्न सक्छ । सहकारी संघ, महासंघहरुले विभिन्न मोडल र योजना निर्माण गरी मातहतका सहकारीलाई सिफारिस गर्ने तथा प्रारम्भिक सहकारीले आफ्ना अनुकरणीय अभ्यासहरु संघ र महासंघलाई जानकारी गराउन सके छिटो र प्रभावकारी रुपमा अभियान संचालन गर्न सकिन्छ । यस्ता अभियानहरुमा स्थानीय सरकारसँगको साझेदारीलाई पनि जोडेर लैजान सके दिगोपना सुनिश्चित गर्दछ । महामारीको असर न्यूनीकरणका लागि सबैको ऐक्यबद्ध प्रयासमार्फत प्राप्त अवसरहरुलाई परिणाममा बदल्दै खाद्य सुरक्षामा सहयोग गर्नुपर्ने समयको माग हो । 
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ