शुक्रबार, वैशाख ७
०७:०३

कोभिड पश्चात वित्तीय सहकारी अभियानको कार्यदिशा

मंगलबार, कात्तिक ४
saccosaawaj

 

परितोष पौड्याल 
अध्यक्ष नेफ्स्कून 

हरेक युगान्तकारी परिवर्तन संगै नयाँ आयामहरुको अनुसन्धान, विकास र रणनीतिक कार्यान्वयन गर्न मानिसका सीप विकास गर्नु पर्दछ । सञ्चालन प्रणालीलाई सहज र  प्रभावकारी वनाउन समस्या समाधानको सीप, सम्वादको सीप, विश्लेषणात्मक सीप र समस्या समाधानका उपायहरूको पहिचान गर्ने सीपको विकास अपरिहार्य हुन्छ । 

विश्व ऋण परिषद्को स्थापना दिवस हरेक वर्षको अक्टोवरको तेस्रो विहिवारका दिन मनाउँदै आइएको छ । यो दिन वित्तीय सहकारीहरुले विश्वभर भएका जबरदस्त कामको बारेमा सचेतना जगाउने, गौरव गर्ने, अझ वढी संलग्नताको लागि प्रेरित गर्ने उत्सवको रुपमा मनाईन्छ । एक वैश्विक समुदायको लागि प्रेरणादायक आशाका किरणहरु: "Inspiring hope for a global community."  यो वर्षको थिम प्रस्तुत गरेको छ । यो थिम हिन्दु दर्शनको वसुधैव कुटुम्वकंम्वाट प्रेरित देखिन्छ ।  कोभिड —१९ को प्रभावले हाम्रो समाज र मुलकमा युगान्तकारी परिवर्तन ल्याउँदै छ । यो परिवर्तन समाजका आधारभुत मान्यता र नैतिक मुल्यहरुमा मानिसको जीवन पद्धति र चिन्तन पद्धतिमा देखा पर्दैछन । 

यो परिवर्तन विज्ञान र प्रविधिमा, विकास र खोजमा, कला र संस्कृतिमा नयाँ अनुसन्धान, नयाँ आविस्कारहरु र नव प्रवर्तन देखिनेछन् । स्वचालित प्रणालीको विकास, आपुर्ति श्रृंखला, डिजिटाइजेसन, सर्भिटाइजेसन, वित्तीय प्रणाली, विद्युतीय लेखा प्रणाली लगायतका अनेकौ क्षेत्रमा नयाँ आयामको विकास हुदैछ । परिस्थिमा आएको यो परिवर्तनले राज्यव्यवस्था प्रणाली  र सामाजिक संरचना,  व्यावसायिक आयाम र सीप तथा ज्ञान र धारणामा परिवर्तन ल्याउँदै छ । यो परिघटनामा सहकारी अभियान अछुतो हुनेछैन त्यसको पहिलो प्रभाव वित्तीय सहकारी अभियानमा पर्दैछ । कोभिड —१९ को कहरलाई संवोधन गर्न नेफ्स्कुनले “सामाना शक्ति विकासको लागि सदभावपूर्ण सहकार्य” लाई यो वर्षको नारा वनाएको छ । प्रस्तुत नाराले चार पक्षलाई संवोधन गर्न खोजेको छ । 

वर्तमान महामारीको सामना एकल विधि होइन वहुआयामीक विधि मार्फत सहकार्यः

हरेक युगान्तकारी परिवर्तन संगै नयाँ आयामहरुको अनुसन्धान, विकास र रणनीतिक कार्यान्वयन गर्न मानिसका सीप विकास गर्नु पर्दछ । सञ्चालन प्रणालीलाई सहज र प्रभावकारी वनाउन समस्या समाधानको सीप, सम्वादको सीप, विश्लेषणात्मक सीप र समस्या समाधानका उपायहरूको पहिचान गर्ने सीपको विकास अपरिहार्य हुन्छ । 

जलवायू परिवर्तनलाई अनुकूलनमा बदल्न सहकार्य ः 

सहकारीका अवको आधारभूत परिवर्तनको पक्षहरु समाज PEOPLE, समृद्धि PROSPERITY, सन्सार PLANET   एकसुत्रमा ढाल्नको लागि प्राकृतिक सम्साधनको उपयोग, प्रदुषण नियन्त्रण, जैविक विविधता संरक्षणको नीति, वातावरणीय न्याय, भुगर्वीय भण्डार, उर्जाको प्रभावकारिता, नविकरणीय उर्जा, अनुदान र प्रोत्साहन, हरित प्रविधि लगायतका क्षेत्रमा यो कोभिड १९ भन्दा पछाडिको कार्यदिशा हो ।

गरिबी, असमानता, सांस्कृतिक क्षयीकरण रोकी समुदायको हितका लागि सहकार्य ः

दिगो विकास लक्ष्यको प्राप्तिका आधारभुत विषयहरु गरिबी, असमानता, सांस्कृतिक क्षयीकरण रोक्ने विषयमा हाम्रो पहलकदमी र सक्रियता देखाउन आवश्यक हुन्छ । 

नवप्रबर्द्धन प्रविधि हस्तान्तरणमा युवा सहभागिताका लागि सहकार्य ः

अव कोभिड १९ पछि विश्व नयाँ युगमा प्रवेश गर्दैछ । अवको युग आविस्कार, प्राविधिकीकरण, डिजिटाइजेसन र सर्भिटाइजेसनको माध्यमवाट समृद्ध समाज निर्माण साकोस अधियानको कार्यदिशा वनाउनु पर्दछ । 

परिवर्तित युगलाई यथोचित संवोधन गर्न अन्तर्राष्ट्रिय सहकारी अभियानले आसन्न समयको मागलाई संवोधन गर्न सहकारी अधियान भित्र पर्ने विपद् र जोखिम समस्या समाधानका उपायहरुको साझा विश्वव्यापी अवधारणको रणनीतिक प्रक्षेपण गरेको छ । नेपाल लगायत कोभिड १९ संक्रमित सवै देशहरुमा यस्तो प्रभाव तीन तहमा पर्ने प्रक्षेपण गरिएको छ । 

पहिलो चरण ः

सदस्यमा पर्ने प्रभाव ः कोभिडको पहिलो प्रभाव मानिसको मनोविज्ञानमा पर्यो । विश्वव्यापी रुपमा भएको वन्दावन्दीको असर भौतिक कम मनोवैज्ञानिक वढी भयो । मानिसको क्रयशक्तिमा ह््रास, भुक्तानी क्षमताको अभाव, वेरोजगारी, आय आर्जनका श्रोतहरुको समाप्ती, डर भय र त्रासको रुपमा देखा पर्यो । सदस्यको नैतिक वल कमजोर हुन्छ । यसलाई संवोधन गर्न नेफस्कूनले मनोसामाजिक परामर्श, सेवा सुचारु सम्वन्धी कार्यविधि, निर्देशिका मार्गदर्शन जारि गर्यौं ।

दोश्रो चरण ः

साकोसमा पर्ने प्रभाव ः आर्थिक क्रियाकलापको सुरुवाती सँगै संस्थाको नियमित वचत न्युन हुदै जान्छ, सदस्यको भुक्तानी सन्तुलन विग्रदै जाँदा संस्थाका लक्षित परिणामहरु प्राप्त हुदैनन् । संस्थाको रणनीतिक योजनाको लक्ष्य पुरा हुन सक्दैनन । सदस्यहरू संलग्न उद्योग व्यवसाय र प्रतिष्ठानको उत्पादन वा व्यावसायिकतामा ह्रास आउँदै जान्छ  । उत्पादन शक्तिको सोच, सामथ्र्य, इच्छाशक्ति कमजोर हुन्छ परिणामतः उत्पादनका साधनहरुको प्रभावकारी सञ्चालनमा समस्या आउँछ । वजारीकरण र उपभोक्ताको उदासिनताले माग र आपुर्तिमा प्रभाव पर्दछ । विद्युतीय सेवा र सम्पूर्ण वित्तीय समाधान दिन संस्थाहरू असमर्थ हुन्छन् । संस्थाहरू वित्तीय क्रियाकलापको अभावमा जोखिम र विपद्मा पर्दछन । यस्तो विषम अवस्थामा नेफस्कूनले १ अर्व १० करोडको कोभिड १९ संवोधन गर्ने संस्थागत सुरक्षा कोषको सुरुवात गर्यो र जोखिम र विपदको बीचमा मानव संसाधन व्यवस्थापनको कार्यविधि समेत बनाई अभियानको दायित्व पुरा गर्यो । 

तेश्रो चरण ः

राज्यव्यवस्था प्रणालीमा पर्ने प्रभाव ः लगानीयोग्य उच्च तरलतामा वृद्धि हुन्दै जाँदा समष्टिगत अर्थव्यवस्था प्रणालीमा समस्या देखिन्छ र यसले मन्दीको स्वरुप लिन्छ । परिणामतः भुक्तान गर्नुपर्ने ऋणको मात्रा संस्थामा वढी देखिन्छ,  वित्तीय पहँुच र अवसरहरू सिमित भई संस्थामा संस्थागत पुँजीको क्षयीकरण हुन्छ । समुदायमा महामारीको प्रभाव र समस्याहरू देखिन थाल्छन । महामारीले जोखिम र विपद संगै लिएर आउने हुँदा प्रणाली सम्भार र व्यवस्थापन गर्न सकिएन भने मात्रात्मक रुपमा वृद्धिहुदै जान्छ । यस्तो विषम् अवस्थामा समयवद्ध र योजनावद्ध समस्या समाधानका उपायहरू अवलम्वन गर्नु पर्दछ । व्यावसायिक समाधानहरू निर्देशित गर्न सकिएन भने अर्थव्यवस्था प्रणालीमा गम्भिर समस्या सिर्जना हुन्छ र प्रणाली असफल हुन सक्ने खतरा हुन्छ । यसका कारणले राज्यका आर्थिक प्रणाली, कानुनी प्रणाली, सामाजिक प्रणाली र शासन प्रणालीमा समस्या देखा पर्दछन । 

यसरी कोभिड १९ को कारणले अभियानका तीन समस्याको समाधानका उपायहरूको खोज गरि सहकारी अभियानको पुनरउत्थान र सशक्तिकरण आवश्यक छ ः 

१. स्वास्थ्य ः समाजमा देखिएको जोखिम र विपद्को उपस्थितिले मानिसको मनोवैज्ञानिक रोग, भौतिक रोग र दीर्घ रोग देखापर्दछन् । स्वस्थ्य र आधुनिक मावन विकास गर्न मानिसको दैनिकीमा बदलाव ल्याउनु पर्दछ । जीवन पद्धतिमा समयवद्ध खाना र सुताई, शारिरीक तन्दुरुष्टि र व्यायाम तथा मनोसामाजिक परामर्श र मनोवलशाली सोच (आत्म प्रशंशा) का विषयमा सदस्यहरूलाई शिक्षा, प्रशिक्षण दिने ।

२. वित्त प्रणाली ः वित्तीय सहकारीले आफ्ना सदस्यलाई सम्पुर्ण वित्तीय समाधानमा शिक्षाका आधारभूत र अनिवार्य विषयहरू ः  वचत, ऋण, रेमिट्यान्स, बीमा र विद्युतीय भुक्तानीका विषय, धन सिर्जना र आय श्रृंखलाका बजेट र योजनाका विषयमा जानकार हुनु पर्दछ । 

३. बहु आय प्रवाह ः लामो समय देखि नेफ्स्कूनले अनिवार्य नियमित बचतको विषयलाई उठाउँदै आयो । आउने दिनहरू उद्यमशीलता सहितको बचत, धन सिर्जना र समृद्धिको यात्रासँग जोडिनेछ । धन सिर्जनाको अवको वाटो निष्कृय आय नै हो । जसले मानिसको समय, सुरक्षा र सफलतालाई सुनिश्चित गर्दछ । आजको युग प्रविधिको युग हो, त्यसैले हरेक व्यक्तिले आफुमा पूर्णता दिन विद्युतीय वित्त प्रणालीको समेत शिक्षा लिनु पर्दछ । समाजमा उत्कृष्ट नागरिक वन्न र प्रतिस्पर्धामा श्रेष्ठता र वरिष्ठता कायम गर्न पनि विद्युतीय वित्तीय शिक्षाको विकल्प छैन । कोभिड १९ पछि अर्थव्यवस्था र सामाजिक प्रणालीमा आएको नयाँ सम्भाव्यता सँगै सहकारी क्षेत्रले नयाँ युगको नयाँ मानव निर्माण गर्न हरेक व्यक्तिलाई वहु आय प्रवाह मार्फत धन सिर्जना र धन आर्जनको श्रृंखलामा जोडनु पर्दछ ।

धन आर्जन गर्ने 7R सिद्धान्तहरू ः

दरभाउ (RATE) 

औद्योगिक क्रान्तिको समयमा वजार व्यवस्था प्रणालीमा आम्दानीको माध्यमको रुपमा वस्तु र उत्पादनको मुल्य मात्र हुन्थ्यो । उत्पादित वस्तुको मुल्य तोकिन्थ्यो उक्त वस्तु तथा सेवाको मुल्य निर्धारण अतिरिक्त मुल्यको वचत नै धन सिर्जनाको आधार बन्दथ्यो । 

पारिश्रमिक (REMUNERATION) 

औद्योगिक क्रान्तिको समयमा वजार व्यवस्था प्रणालीमा पारिश्रमिकको  रुपमा व्यावसायिक श्रमको मुल्य लिने गरियो । श्रमको मुल्यलाई आधार वनाई ल्इ धयचप ल्य एबथ को अवधारणाहरू स्थापित भए । मानिससँगको विशिष्ट ज्ञानको आधारमा सेवाको पारिश्रमिक लिने चिकित्सक, कानुनी सेवा, परामर्श, लेखापरिक्षण जस्ता शुल्कहरू  लिने व्यवस्थाले मानिसले धन आर्जन गर्दछन् । 

प्रतिकृति (REPLICATE) 
 
विज्ञान र प्रविधिको विकास सँगै कुनैपनि उत्पादन, सिर्जना तथा अंगप्रत्यांगको दुरुस्त नक्कल गर्ने प्रकृयाको माध्यमले, मेसिन, औजारहरूको माध्यमले उस्तै प्रकृतिका वस्तु र सेवाहरूको विश्वव्यापी  व्यापार गर्न थालियो ।  आधुनिकीकरण र प्रविधिले मानिसले एउटा प्रकृतिको उत्पादन र वस्तु प्रतिकृतिको माध्यमले धन सिर्जना गर्न थाले । उदाहरणको लागि  थिएटर प्रस्तुतिबाट आय आर्जन गर्न सकिन्छ ।  

भाडा तथा लिज (RENT) 
सम्पत्ति, उपकरण औजार, सवारी तथा सेवाका साधनको भाडामा दिई आय आर्जन र आय सिर्जना गर्न र  विस्तार गर्न सकिन्छ । 

रोयल्टी (ROYALTY)

वौद्धिक सम्पत्ति, नव प्रवर्तन तथा विद्युतीय प्रविधि विकासवाट आयआर्जन अभिवृद्धि हुन्छ । त्यस्ता वस्तु, उत्पादन, सेवा र समाधानको बजारीकरण गरी धन आर्जन गर्न सकिन्छ । रोयल्टी मार्फत सिर्जनाको मुल्य लिने गरिन्छ । 

प्रतिफल (RETURNS)

शेयर, वित्तीय संस्थामा भएको मौज्दात, स्टक मार्केटमा लगानी, सुन, सम्पत्ती र कलाकृतिमा लगानी मार्फत आम्दानी ः व्याज, लाभांश र प्रसंशा आदि 

मानव पुँजी (RESOURCE)

सहकारी अभियानलाई सशक्तिकरण गर्न, अभियानको लक्ष्य प्राप्त गर्न, विकास गर्न र नविनतम राख्न बानी, ज्ञान, सामाजिक र व्यक्तिगत मनोवृतिको माध्यमबाट आर्थिक वृति बढाउन सहकारीका सदस्यहरू र कर्मचारिहरूको सीपहरू ः सञ्चारको सीप, विश्लेषणात्मक सीप, समस्या समाधानका सीप विकास  गर्न र नवीन रहन आवश्यक छ ।  अव मानव पुँजी मार्फत हाम्रो उत्पादनका साधन, उत्पादनका शक्तिलाई एकसुत्रमा ल्याउन र नयाँ समस्याको नयाँ निकास दिन आवश्यक छ । मानव संसाधन प्रयोग, मानिसहरूको सीप, ज्ञान, अनुभव र व्यक्तित्वको योग हो । यसको प्रयोग आर्थिक मुल्य उत्पादन गर्न र रणनीतिक मार्गचित्रलाई संवोधन गर्न गरिन्छ । सहकारी संस्थाको विधि, नीति र प्रविधिको उपयोग गरी लक्ष्य प्राप्त गर्न, विकास गर्न र नवीन रहन दक्ष मानव संसाधनको प्रयोग गर्नु पर्दछ । 

नेफ्स्कूनको तर्फवाट अभियानलाई जारी गरिएको आसन्न मार्गचित्र र अबको अभियानको दायित्व ः 

१. व्यवसाय निरन्तरता योजना ः 

व्यवसायको निरन्तरताको लागि योजना तर्जुमा नै मुख्य र प्रधान विषय हो । महामारीको प्रभावको समयमा प्राथमिक रुपमा स्वास्थ्य सेवामा पहँुच र आर्थिक रुपमा जोखिममा भएका सदस्यहरुलाई वित्तीय र गैर वित्तीय सेवा दिने हो । सहकारीले व्यापार र उद्योगको धरासायी भईरहेको विषम अवस्थामा मर्यादित श्रम, रोजगार, आय श्रृंखला, धन सिर्जना लगायतका सवै किसिमका श्रम, सीप र सिर्जनाका प्रशिक्षण र रोजगार विकासका तालिम, समुदायको कार्यवल र पुुनर्स्थापनामा ध्यान दिुन पर्दछ । सानो व्यापारको पुनर्उत्थान ऋण र समर्थन कार्यक्रम सिर्जना गर्न कार्यवलको स्थापना  गर्ने, स्थानिय तहका सरोकारवालासँग सम्वन्ध विकास गर्ने, आर्थिक विकास संगठनहरू, वाणिज्य कक्षहरू, स्थानिय उत्पादन र बजारीकरणको लागि व्यवसाय विकास र सेवा केन्द्रको सञ्चालन गर्ने र छोटो अवधिमा दीर्घकालिन प्रभाव पार्ने र सम्भावित विकास क्षेत्रहरूको पहिचान गर्ने गर्नु पर्दछ । 

२.व्याजदर निर्धारणको मापदण्ड ः 

सामान्यत व्याजदर निर्धारणको विषय संस्थाको आन्तरिक विषय हो । यसरी व्याजदर निर्धारण गर्दा प्रचलित वजार व्यवस्थामा आधारित व्याजदर, मुल्यस्फीति दर, सदस्यहरुको सैद्धान्तिक सहमतिलाई आधार वनाउनु पर्दछ । सहकारी ऐन र नियमावली भएको व्यवस्था वमोजिम व्याजदर निर्धारण गर्न वनेको समितिको निर्णयलाई आधार वनाउनु पर्दछ । 

३.आलोचनात्मक विवेकीय मापदण्ड र कानुनी संहिता ः

वित्तीय सहकारीको सुरक्षा र स्वस्थताको परिक्षण विवेकीय मापदण्डको आधारमा गर्नु पर्दछ, वित्तीय सक्षमता, प्रतिस्पर्धात्मक स्थान, कुशल व्यवस्थापन, सुझवुझपुर्ण प्रभावकारी सञ्चालकका सम्वन्धमा कानुनी संहिताहरूले सहयोग र समर्थन गर्नुपर्दछ ।

४. ऋण सुपरिवेक्षण ः

ऋण परिचालनका प्रभावकारी सिद्धान्तहरू, ऋणको विविधिकरण, ऋण अनुसन्धान, ऋणको मुल्य निर्धारण, पर्यवेक्षण र ऋणको अनुगमन, सेवाकेन्द्रको तहमा ऋणको पर्यवेक्षण, ऋणको सुरक्षा र स्टक विवरण जस्ता विषयहरू ऋण सुपरिवेक्षणको विषय वन्नु पर्दछ । ऋण परिचालनका प्रभावकारी सिद्धान्तहरु, ऋणको विविधिकरण, ऋण अनुसन्धान, ऋणको मुल्य निर्धारण, पर्यवेक्षण र ऋणको अनुगमन, सेवाकेन्द्रको तहमा ऋणको पर्यवेक्षण, ऋणको सुरक्षा गर्न शिक्षण र प्रशिक्षण गर्नु पर्दछ ।

                                                          

५. व्यवसाय विकास तथा सेवा केन्द्रः 

आधुनिक विश्व उत्पादन, उपभोग र सेवामा विश्वव्यापीकृत भएको छ । अव सहकारी मार्फत विद्युत्तीय उपकरण मार्फत सेवा र उत्पादन माथिको पहँुचलाई सुलभ रुपमा उपलब्ध गराउन विकास तथा सेवा केन्द्रको सञ्चालनको अपरिहार्यता विकास गर्नु पर्दछ । 

६. डिजिटाइजेसन र सर्भिटाइजेसन ः 

विश्व सहकारी अभियानमा र सम्पूर्ण वित्त वजारमा विश्वव्यापी रुपमा उठेको विषय मानिसका सवै प्रकृतिका इच्छा, आवश्यकता र चाहनाको परिपुर्तिमा विद्युत्तीय प्रणालीको उपयोग र स्वचालित प्रयोग उपकरण, मोवाईल, तथा ई व्यवसायका सेवा मार्फत सञ्चालित हुँदै छन । यस्तो अवस्थामा प्रस्तुत उच्च प्रविधिलाई प्रभावकारी रुपमा प्रयोग गर्ने, कार्यालय सञ्चालन प्रणालीलाई कुशलता पुर्वक व्यवस्थापन गर्ने विषयहरू आउने दिनमा अनिवार्य र महत्वपूर्ण विषय बन्दैछन् । डिजिटाईजेसनलाई सेवाको मुल्यवृद्धि गरि स्तरोन्नति गर्न सर्भिटाईजेसन मार्फत व्यावसायिक मध्यतताको रुपमा भुमिका निर्वाह गर्नु पर्दछ । 

७. वित्तीय शिक्षा र व्यावसायिक नेतृत्व विकास ः 

वित्तीय शिक्षाको स्वरुप वदलिएको छ । मानव जीविका वित्त प्रणालीसँग जोडिएका सवै किसिमका सीप र ज्ञानको समष्टि हो । जसले हरेक व्यक्तिलाई वित्तीय स्रोतहरुसँग सुचित राख्छ र वित्तीय क्रियाकलापमा प्रभावकारी निर्णय गर्न सामथ्र्यको विकास गर्दछ । उत्पादन प्रणालीमा लाग्न प्रेरित गर्दछ । व्यावसायिक नेतृत्वले सदस्यहरूका व्यवसायलाई सञ्चालन गर्न, व्यावसायिक सदस्यलाई मद्दत गर्न र उनीहरूलाई सम्भाव्य महानताको मार्ग प्रसस्त गर्न, उनीहरुलाई व्यावसायिक धर्मको विषयमा स्पष्ट पार्न प्रभावकारी भुमिका निर्वाह गर्दछ । फाइदा र व्यापार व्यवस्थापनमा सुधार गर्न मद्दत गरि व्यापारिक लक्ष्यहरु प्राप्त गर्न मार्गदर्शन गर्दछ । 

कोभिड १९ ले सिर्जना गर्ने आर्थिक मन्दिका बाबजुद नेपालीको समृद्ध जीवन र उज्ज्वल भविष्यको लागि सन् २०३० सम्ममा अदम्य उत्साह र यौवनले भरिपूर्ण स्वस्थ वातावरणमा बसोबास गर्ने मध्यम वर्गीयहरूद्वारा चलायमान, व्यवसायमैत्री, न्यून (एक अङ्कको) र घट्दो निरपेक्ष गरिबी एवम् मध्यम आय भएको देशको रूपमा स्थापित गर्ने दीर्घकालिन सोचका साथ मुलुकले २५ वर्षको रणनीति बनाएको छ । उक्त रणनीतिमा समृद्ध नेपालका ४ लक्ष्य र सुखी नेपालीका ६ लक्ष्य पुरा गर्न  २०७९ मा अति कम विकासित मुलुकवाट स्तरोन्नती र  २०८७ मा दिगो विकास लक्ष्य प्राप्ति, उच्च मध्यम आयस्तरको मुलुकका रुपमा स्थापित गर्ने कोषेढुंगा र २१०० सम्म उच्च आयस्तरको समृद्ध मुलुक बनाउने परिकल्पनालाई साकार रुप दिन 7R को आधारमा समुदायमा आधारित उत्पादकत्व व्यवस्थापन र व्यक्ति केन्द्रित वितरणात्मक न्यायमा आधारित सञ्चालन प्रक्रियाले मुलुकले समृद्धिको वाटो तय गर्नेछ । 
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ