सोमबार, वैशाख १७
१२:२०

समाचार

सिन्धुपाल्चोक र मनाङका सहकारीहरू बाढीपहिरोको जोखिमबाट सुरक्षित

saccosaawaj media
शनिबार, असार ५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले बाढी प्रभावित क्षेत्रका सहकारीहरुको अवस्था बुझी आवश्यक समन्वयका लागि पहल गरिरहेको जनाएको छ । असार १ गते आएको भिषण बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भएसँगै त्यहाँका धेरै घर संरचना, संघ संस्था र कार्यालयहरु पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा सम्पर्क गरी बुझ्ने क्रममा नेफ्स्कून ले संघमा आबद्ध सहकारी संस्थाहरु हालसम्म सुरक्षित रहेको जनाएको छ । 

कोभिड आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक...

saccosaawaj media
शनिबार, असार ५

चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ ।

कर योजना सम्बन्धी २ दिने भर्चुअल तालिम शुरु 

saccosaawaj media
शुक्रबार, असार ४

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सहकारी संस्थाहरुले चालु आर्थिक बर्षमा गरेका सम्पूर्ण आर्थिक कार्यप्रणालीका के कस्ता विषयहरु करयोग्य रहेको, कर प्रणाली अनुरुप गर्नुपर्ने कार्यहरु र कर ऐन सम्बन्धी व्यवस्थाहरुको विषयमा जानकार रहन दुई दिनको तालिम विशेष महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

सहकारीलाई मर्यादित र सुशासित बनाउन आचारसंहिता लागु गरिने

saccosaawaj media
शुक्रबार, असार ४

महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियानलाई व्यवस्थित, मर्यादित, विश्वासिलो र निष्पक्ष बनाउन साथै त्यसको प्रत्याभूति गराउन पनि आचार संहिता आवश्यक रहेकाले महासंघले मस्यौदा बनाई आवश्यक छलफल गरेको बताउनुभयो ।

‘विश्वविद्यालयमा सहकारीको पाठ्यक्रम अनिवार्य गर्नुपर्छ’

saccosaawaj media
शुक्रबार, असार ४

महासंघले विगत बर्षदेखि विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रम तर्जुमा गर्ने विषयमा लविङ गर्दै आएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा भारतका विभिन्न विश्वविद्यालयहरु तथा निकायहरुको अध्ययन अवलोकन भ्रमण गरेर प्रतिवेदन समेत तयार गरेको महासंघले जनाएको छ ।

स्थापना दिवसका अवसरमा बृद्धबृद्धाहरूलाई खाद्यान्न सहयोग गर्दै कञ्चनपुरको मेगा साकोस 

saccosaawaj media
शुक्रबार, असार ४

स्थापना दिवसको अबसर मा संस्थाले भिमदत्त नपा ५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाश्रम) मा खाद्यान्न सामग्री साथै बृद्धबृद्धाहरुका लागि जुत्ता वितरण गरेको छ ।