आईतबार, जेठ ६
०८:५९

कोभिड आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

शनिबार, असार ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष एवम् कास्कूनका अध्यक्ष दीपक पनेरुको नेतृत्वमा समन्वय समितिका संयोजक केशव पौडेल र सचिव लेमन श्रेष्ठको उपस्थितिमा आइसोलेसन सेन्टरका संयोजक विकास महर्जन र सचिव सम्पूर्ण महर्जनलाई उक्त चेक हस्तान्तरण गरिएको हो । 

चन्द्रागिरी नगरपालिकाको समन्वयमा २०७४ चैत्र ९ गते गठित चन्द्रागिरी नगर सहकारी समन्वय समिति विभिन्न समयमा आवश्यक सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रममा सहभागी हुँदै आएको छ । कोरोना भाइरस नयाँ भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तीब्र भएसँगै बलम्बुमा २०७८ जेठ ८ गतेदेखि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । कोभिड संक्रमित धेरै विरामीहरु आइसोलेसन सेन्टरबाट निको भएर गइसकेका छन् भने हाल सेन्टरमा ८ जना संक्रमित रहेका छन् । 

आइसोलेसन सेन्टर सञ्चालनार्थ विभिन्न संस्थाहरुले आर्थिक सहयोग गरिरहेका छन् । यस अघि बलम्बु सहकारी समुहबाट पनि रु २ लाख आर्थिक सहयोग प्रदान गरिएको समन्वय समितिका सचिव लेमन श्रेष्ठले जानकारी गराउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र