आईतबार, जेठ ६
०५:२६

स्थापना दिवसका अवसरमा बृद्धबृद्धाहरूलाई खाद्यान्न सहयोग गर्दै कञ्चनपुरको मेगा साकोस 

शुक्रबार, असार ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कञ्चनपुर । भिमदत्त नगरपालिका ४ स्थित मेगा बचत तथा ऋण सहकारी संस्था लि.आजबाट स्थापनाको ८औं बर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अबसर मा संस्थाले भिमदत्त नपा ५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाश्रम) मा खाद्यान्न सामग्री साथै बृद्धबृद्धाहरुका लागि जुत्ता वितरण गरेको छ । प्रत्येक बर्ष स्थापना दिवसको अवसरमा विभिन्न संघ संस्थाहरुलाई सक्दो सहयोग गर्दै आएको साकोसले यस बर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको साकोसका प्रमुख कार्यकारी अधिकृत सुनिल सेटीले जानकारी गराउनुभयो । 

समुदायप्रति चासोको सहकारी सिद्धान्त अनुसरण गर्दै विभिन्न समयमा सामाजिक उत्तरदायित्वका काममा पनि जोडिने गरेको प्रमुख कार्यकारी अधिकृत सेटीले विश्वास दिलाउनुभयो ।

सदस्यहरुबीचमा वित्तिय कारोबारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल मेगा साकोस सहकारीहरुको भीडमा आफुलाई भिन्न पहिचान बनाउन सफल भएको छ । संस्थामा आबद्ध सदस्यहरुलाई सहज, सरल, छिटो वित्तिय सेवा प्रदान गर्न संस्था हरदम तयार रहेको प्रमुख कार्यकारी अधिकृत सेटीले बताउनुभयो । सदस्यहरुको आर्थिक सामाजिक एवम् सांस्कृतिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि मेगा सहकारीका मुल लक्ष्य रहेको संस्थाको दाबी छ । 

सदस्यहरुको माग एवम् चाहना बमोजिम वित्तिय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधि मार्फत संस्थाको समग्र कारोबार बृद्धि गर्दै उत्कृष्ट सहकारी संस्थाको पहिचान बनाउन मेगा साकोस लागिपरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सेटी को भनाइ रहेको छ । 

संस्थामा हाल ९ हजार १ सय सदस्यहरु आबद्ध छन् । संस्थाको सेयर पूँजी करिब ३ करोड २५ लाख पुगेको छ । महेन्द्रनगर स्थित प्रधान कार्यालय र ५ वटा सदस्य सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको साकोसमा करिब ४८ जना कर्मचारी कार्यरत छन् । 

साकोसले कोभिड महामारीको दोस्रो लहर का समयमा महाकाली अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै १ लाख ५० हजार आर्थिक सहयोग समेत उपलब्ध गराएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र