मंगलबार, वैशाख १८
११:२३

एकीकृत साकोस काडमाडौंद्वारा निशुल्क स्वास्थ्य शिविर, १९५ जनाले गराए परीक्षण

शनिबार, भदौ १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. गौशाला काठमाडौंको शुभखबर सेवा केन्द्र जडिबुटीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा स्त्री रोग विशेषज्ञ तथा जनरल फिजीसिय डाक्टरले स्वास्थ्य सेवा प्रदान गरेका थिए । मध्यपुर थिमी न.पा. वडा नं. १ लोकन्थली, भक्तपुरमा सञ्चालन भएको शिविरमा शेयर सदस्य र अन्य व्यक्तिहरु गरी जम्मा १९५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । 

स्वास्थ्य शिविर कार्यक्रम कार्यक्रमका संयोजक परशुराम चौलागाईको अध्यक्षता, राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सह–अध्यक्ष बिश्वबन्धु गौतमको प्रमुख आतिथ्यता र नेफ्स्कूनका निवर्तमान अध्यक्ष  डिबी बस्नेतको विशेष आतिथ्यता रहेको थियो । शिविरमा साकोसका कार्यवाहक अध्यक्ष देवनारायण चौलागाई, सञ्चालक समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थित रहेको थियो ।


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण