मंगलबार, वैशाख १८
०३:४७

गोरखामा सदस्यहरुका लागि लेखा व्यवस्थापन तालिम सञ्चालन

बिहीबार, असोज १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गोरखा । नेफ्स्कूनको आयोजनामा गोरखामा सदस्य संस्थाहरुका लागि लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । आश्विन १५ देखि १७ सम्म सञ्चालित तालिममा विभिन्न १७ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 

तालिम उद्घाटन सत्र हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं लमजुङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको थियो । उद्घाटन सत्रमा गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का महासचिव शुसिल अर्याल को विशेष उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले संस्था राम्रो बनाउन संस्थाको लेखा प्रणाली ठीक हुनपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई लेखा व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारीहरु रहनुपर्ने भएकोले तालिम आवश्यकता महसुस गरी शुरुवात भएको र सदस्यहरुले तालिमबाट सिकेका विषयहरु आ–आफ्नो संस्थामा गई सोही अनुरुप काम गरेमात्र तालिमले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

तालिममा सहभागी सञ्चालक समिति, लेखा समिति, व्यवस्थापक र कर्मचारीहरुले लेखा व्यवस्थापन तालिम आयोजना गरेको प्रति खुसी व्यक्त गर्नुभएको थियो । तालिमको सहजिकरण तालिम अधिकृत उमेश कोइरालाले र  तालिम सञ्चालन नेफस्कूनका व्यवसाय अधिकृत एवं सदस्य सेवा कार्यालय लमजुङका इन्चार्ज बिनोद ढकालले गर्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण