मंगलबार, वैशाख १८
१०:३१

जनकपुरधाममा सञ्चालित सहकारीहरुको वार्षिक योजना तथा बजेट निर्माण कार्य सम्पन्न

शनिबार, भदौ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

जनकपुरधाम । धनुषाको जनकपुरधाममा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको जनकपुर सदस्य सेवा कार्यालयको आयोजनामा भएको तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थबाट २९ जनाको सहभागिता रहेको थियो । 

सहकारी संस्थामा वार्षिक योजना तथा बजेट तर्जुमा कार्य अनिवार्य तथा अति महत्वपूर्ण कार्य हो । योजना तथा बजेट तर्जुमा गर्दा गत वर्षको प्रस्तावित योजना र वास्तविक अवस्थालाई आधार मानेर गर्नुपर्ने हुन्छ । वार्षिक योजना तथा बजेट निर्माण तालिम उपलब्ध गराएर साकोसका आगामी आर्थिक वर्षका कार्यक्रमहरुको प्राथमिकता निर्धारण गर्नमा सहज हुन्छ ।

संघको सदस्य सेवा कार्यालय जनकपुरका व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डेको अध्यक्षतामा आयोजित तालिममा सदस्य नविन कुमार कर्णले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भाद्र २१ र २२ गते सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जनकपुर सेवा कार्यालय प्रमुख बृजेश गुप्ताले गर्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण