शनिबार, वैशाख २२
०३:४१

समाचार

सदस्य सेवा केन्द्र विस्तार गर्दै चन्द्रागिरि साकोस

saccosaawaj media
शनिबार, साउन ३०

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य सेवा विस्तार गर्दै आज दहचोकमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२, सृजनाचोकमा स्थापना गरिएको उक्त सेवाकेन्द्रको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष  परितोष पौड्यालले गर्नुभएको छ । 

एक्सेस ५ औं ब्याचको अभौतिक कार्यशाला गोष्ठी सम्पन्न

saccosaawaj media
शनिबार, साउन ३०

एक्सेस कार्यक्रममा आवद्ध ५ औं ब्याचका संस्थाहरुको २०७८ श्रावण २८ गते अभौतिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोभिडको जोखिमसँगै संस्थामा परेको असर एवं जोखिम न्यूनिकरणका लागि भएका संस्थागत प्रयासहरुको बारेमा समुह संस्थाहरुमा सिकाई आदान प्रदान भएको छ । 

सहकारीका सदस्यलाई विद्युतीय भुक्तानी प्रणालीमा जोड्न प्रोत्साहन गरिने

saccosaawaj media
शनिबार, साउन ३०

भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरुको कारोबारको दायरा बढाई लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्याउन  प्रोत्साहन गरिने भएको छ  ।

बागमती प्रदेश सहकारी विकास बोर्डमा तीन सदस्य मनोनयन 

saccosaawaj media
बिहीबार, साउन २८

बागमती प्रदेश सरकारको आज बसेको मन्त्रीस्तरीय बैठकले बागमती प्रदेश सहकारी विकास बोर्डमा तीन सदस्य मनोनयन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून की उपाध्यक्ष शान्ती अधिकारी, धादिङ जिल्ला बचत संघकी उपाध्यक्ष सीता दुवाडी र सहकारीकर्मी गोविन्द दुलाललाई मनोनित गरेको बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले जानकारी गराउनुभयो ।

बेनीको न्यू धौलागिरी साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
बुधबार, साउन २७

बेनी स्थित न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेशनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र न्यू धौलागिरी साकोसबीच हिजो (साउन २६) गते औपचारिक सम्झौता भएको हो । 

अमरज्योति साकोसद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम

saccosaawaj media
बुधबार, साउन २७

जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४, दधिकोटस्थित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।