शुक्रबार, वैशाख १४
०३:२४

जिल्ला सहकारी संघ काठमाडौंद्वारा सहकारी दिवसको कार्यक्रम तालिका सार्वजनिक

मंगलबार, चैत्र १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ११ दिवसीय कार्यक्रम तालिका सार्वजनिक गरेको छ । संघले चैत्र १७ देखि २८ गतेसम्म विविध कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लाका सहकारी संघ संस्था तथा सदस्यलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । 

संघद्वारा चैत्र १७ गते गौरीशंकर सभा कक्ष दक्षिणकालिमा बिहान १० बजे अन्तक्र्रिया गर्ने, ग्रिनल्याण्ड ब्याङकेट थानकोटमा ११ बजे ‘मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी’ सम्वन्धी गोष्ठी र शिखर पार्टी प्यालेस नागर्जुन नगरपालिमा १ बजे ‘स्थानीय सरकार र सहकारी बीचको सम्वन्ध’ विषयक गाष्ठी आयोजना गरिने जनाइएको छ ।

त्यसैगरी चैत्र १८ गते मतातिर्थ बृद्धाश्रममा साढे ४ बजे भोजन तथा फलफूल बितरण, कागेश्वरी मनोहरा नगरपालिका विषेश स्कूल तथा पूनसर््थापना केन्द्रमा बिहान ११ बजे अटिजम तथा सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामाग्री बितरण, कीर्तिपुर बहुउद्देश्यीय सहकारीको भवनमा दिउसो ३ बजे ‘सामाजिक र आर्थिक विकासमा सहकारीको भूमिका’ विषयक गोष्ठी, कान्तिपुरी एबि पार्टी प्यालेस नेपालटारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुने जनाइएको छ ।

चैत्र १९ गते गोकर्णेश्वर नगरपालिका उत्तरबाहिनी गुरुकुल संस्कृत बिद्यालयमा बिहान ९ बजे ६५ जनालाई खाद्यान्न बितरण गरिने जनाइएको छ । त्यसैगरी चैत्र २० गते सद्भाव बैंङ्केट टोखामा बिहान साढे ८ बजे शुभकामना आदान प्रदान तथा चियापान, बिहान ७ बजे बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई, क्राउन बैंङ्केट मिनभवनमा दिउँसो १ बजे ‘रुपान्तरणकारी नेतृत्व’ कार्यक्रम हुने जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो ।

त्यसैगरी चैत्र २० गते बिशालबजार बैंङकेटमा दिउँसो १ बजे ‘सहकारीमा समस्या र चुनौती’ विषयक अन्तक्र्रिया हुने र चैत्र २८ गते बिहान १० बजे दशरथ रङ्गशालामा कोभिड कप मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने संघले जनाएको छ । 

२०१३ साल चैत्र २० गते चितवनमा पहिलो सहकारी बखान सहकारीको स्थापनालाई आधार मानेर यो दिवस मनाउने गरिन्छ । नेपालले यो वर्ष ‘मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी’ नारा सहित देशभरका सहकारी संघ संस्थाहरु मार्फत दिवस मनाउने तयारी भइरहेको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?