शनिबार, वैशाख १५
०६:४४

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, २३ असार । नेफ्स्कूनले १० वटा साकोसका २० जना प्रतिनिधिहरुको सहभागितामा व्यवसाय सेवा विकास कार्यक्रम (बीडीएस) सम्बन्धी ३ दिने भर्चुअल तालिम सञ्चालन गरेको छ । असार २१ गतेदेखि सञ्चालित तालिममा सहभागी साकोसका सञ्चालक समितिबाट १ जना र व्यवस्थापनबाट १ जनाको सहभागिता थियो । एशियाली ऋण महासंघ–अकू र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.–नेफ्स्कूनबीचको साझेदारीमा उक्त भर्चुअल तालिम दैनिक ३ सेसनमा विभक्त गरेर सञ्चालित गरिएको थियो ।
तालिममा स्वरोजगार, उद्यमशीलता, व्यवसायको छनौट, व्यावसायिक योजनाको तयारी, व्यवसाय विकास केन्द्र, बजार र बजारीकरण, व्यवसाय चक्र, व्यावसायिक अवसरको पहिचान, व्यवसायमा लेखा वा अभिलेखको महत्व आदि विविध विषयमा सहजिकरण गरिएको थियो । अन्तरक्रियात्मक उक्त कार्यक्रममा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षलाई समेटिएको थियो । पहिलो दिन तालिमको सफलताको शुभकामना व्यक्त गर्दै अकूकी प्रमुख कार्यकारी अधिकृत लेनीले तालिमबाट शिक्षा लिएर सहभागी साकोसका प्रतिनिधिहरुले आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्न ठोस योजनाहरु चाल्नुपर्ने र उनीहरुलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । तालिमलाई खाली औपचारिकताको रुपमा मात्र नलिई व्यावहारिक परिणाम दिन र नबुझेका विषयमा प्रष्ट हुन उहाँले आग्रह गर्नुभयो ।
तालिमको सहजिकरण विषय विज्ञ निर्मल सिग्देल, नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र अर्का बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । व्यवासयमा लेखा÷अभिलेखको महत्व र सामान्य ढाँचाहरुका बारेमा बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले र बजार र बजारीकरणको अवधारणा बिषयमा नविनराज दाहालले सहजिकरण गर्नुभएको थियो भने बाँकी यावत् विषयमा विषय विज्ञ निर्मल सिग्देलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममको संयोजन र व्यवस्थापन नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुवेदीले गर्नुभएको थियो ।
अकूको आर्थिक तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा यसै बर्ष अर्थात् सन् २०२० फेब्रुअरी १ बाट व्ययवसाय विकास सेवा कार्यक्रम सुरु गरिएको हो । प्रथम चरणमा सहभागी संस्थाहरुमार्फत सदस्यहरुको व्यवसाय प्रवद्र्धनमा सहयोग उपलब्ध गराइएको हो । खासगरी महिला सदस्यहरुको उद्यमशीलता विकासका लागि व्यवसाय विकास सेवा कार्यक्रम लक्षित रहेको छ । यसअघि नेफ्स्कूनले यस्तै प्रकृतिको भर्चुअल बैठक गत जेठ ७ गते आयोजना गरेको थियो ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?