शनिबार, वैशाख १५
०१:४६

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, असार १२ । नेफ्स्कूनले सदा झै यस बर्ष पनि नेफ्स्कून स्थापना दिवसको अवसरमा सदस्य संघ संस्था तथा विभिन्न व्यक्ति सम्मान तथा पुरस्कारका लागि छनौट गर्न आवेदन माग गरेको छ । संघका निवर्तमान अध्यक्ष डी.बी. बस्नेतको संयोजकत्वमा असार १० गते बसेको नेफ्स्कून सम्मान तथा पुरस्कार छनौट उपसमितिको वैठकले आगामी श्रावण ३२ गते संघको ३३ औं स्थापना दिवसको अवसरमा नेपालको बचत तथा ऋण सहकारी अभियानमा सक्रिय रही यसको विकास र प्रबर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ वा संस्थामा कार्यरत व्यवस्थापकहरुका लागि आवेदन माग गरेको हो । सम्मान तथा पुरस्कारका लागि आवेदन दिनुहुने संघ संस्था तथा व्यक्तिहरुले यहि २०७७ श्रावण १५ गते भित्र संघको वेबसाइट धधध.लभाकअगल.यचन.लउरमयधलयिबमर मा राखिएको आवदेन फाराम डाउनलोड गरी संघको केन्द्रीय कार्यालय, फिल्ड कार्यालयहरु तथा संघको इमेल लभाकअगलघद्दढ२नmबष्.िअयm मा पठाउनुहुन सूचित गरिएको छ ।

छनौट उपसमितिले नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मान (राष्ट्रिय–१ र महिलाहरुबाट सञ्चालित –१) नेफ्स्कून उत्कृष्ट जिल्ला बचत संघ सम्मान–१, नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मानः प्रदेशस्तरीय–७ र नेफ्स्कून उत्कृष्ट व्यवस्थापक पुरस्कार–१ का लागि आवेदन खुला गरेको हो ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?