शुक्रबार, जेठ ४
०५:०४

सामुहिक विकास साकोस एशियाली स्तरको ब्राण्डिङ कार्यक्रममा सहभागी

सोमबार, साउन २६
saccosaawaj

काठमाडौं, साउन १४ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ३ स्थित सामुहिक विकास साकोस नेफ्स्कूनद्वारा प्रबर्द्धित एशियाली स्तरको ब्राण्डिङ कार्यक्रम एक्सेसमा सहभागी भएको छ । नेपालस्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशन  अन्तर्गत २०७५ सालको ब्राण्ड प्राप्त गर्न सफल साकोसले एशियाली स्तरको स्ट्याण्डर कायम गर्ने उद्देश्यसहित असार ३१ गते कार्यक्रम सम्झौता गरेको हो । 

२०५० सालमा स्थापना भएको उक्त संस्थामा कुल ७ हजार ५ सय ५५ सदस्य, २४ करोड ५४ लाख १५ हजार शेयरपूँजी र कुल २ अर्ब ४९ करोड ५४ लाखको कारोबार रहेको छ । 

साकोसमा सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा १५ जनाको सञ्चालक समिति र देवराज ज्ञवालीको व्यवस्थापकीय नेतृत्व सहित कुल ३० जना कर्मचारी कार्यरत छन् । साकोसले राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी पुरस्कार र नेफ्स्कूनबाट  प्रदेशस्तरीय उत्कृष्ट पुरस्कार समेत प्राप्त गरिसकेको छ ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण