शुक्रबार, वैशाख १४
०१:४६

जनउत्थान सहकारी कृषि गाउँ सुपौलीमा सामूहिक धान खेती शुरुवात

सोमबार, साउन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

राष्ट्रिय धान दिवसको अवसर पारेर जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले जनउत्थान कृषि गाउँ सुपौलीको २७ बिघा जमिनमा सामूहिक धान खेती शुरुवात गरेको छ । धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने १७औं राष्ट्रिय धान दिवसको नारालाई लिएर धान उत्पादनमा आत्मनिर्भरताको नीति अंगिकार गरिएको संस्थाका अध्यक्ष ज्ञानु पौडेलले जानकारी गराउनुभयो । तिलोत्तमा नगरपालिका वडा नं १४ सुपौली गाउँका ४६ घरधुरीको सामूहिक धानखेतीका लागि जनउत्थान साकोसले रु.१५ लाख अनुदान सहयोग गरेको छ । धान उत्पादनमा लागत कम गराई गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित जनउत्थान कृषि गाउँ सुपौलीको सामूहिक धान खेतीका लागि संस्थाले लगातार ३ बर्ष अनुदान सहयोग गर्ने संस्थाका व्यवस्थापक रनबहादुर थापाले जानकारी गराउनुभयो । कृषि उत्पादनमा आत्मनिर्भर गाउँ बनाउने अभियानस्वरुप प्रत्येक तीन तीन बर्ष को अन्तरालमा अर्को गाउँ छनौट गर्ने लक्ष्य संस्थाको रहेको छ ।
राष्ट्रिय धान दिवसको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आगामी आर्थिक बर्षका लागि सरकारले चक्लाबन्दी र सामूहिक खेतीका लागि बजेट छुट्याईएको जानकारी गराउँदै आगामी आर्थिक बर्षमा ३ वटा गाउँ छनौट गरी नमूना कृषि उत्पादन गाउँ बनाउने योजना रहेको जानकारी गराउनुभयो ।

 

जनउत्थान सहकारी कृषि गाउँ सुपौलीमा सामूहिक धान खेतीको यो पहिलो बर्ष हो । गत बर्ष प्रति कट्ठा धान उत्पादनमा रु. ४ हजार ८ सय लागत लागेको थियो भने यस बर्ष सामूहिक खेती गर्दा प्रति कट्ठा रु. ३ हजार मात्र लागत लाग्ने अनुमान गरिएको छ । २७ विघामा शुरु गरिएको सामूहिक धान खेतीका लागि सबैजसोमा रोपाई सकिएको छ भने बाँकी डेढ कट्ठामा आज धान दिवसको अवसर पारेर रोपाई गरिएको हो । सामूहिक धान खेतीमा सम्पूृर्ण लागत र उत्पादनको एकमुष्ठ हरहिसाब गरिने र उत्पादित धान प्रत्येक घरधुरीले आआफ्नै हिस्सा पाउने व्यवस्था गरिएको संस्थाले जानकारी गराएको छ ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण