बिहीबार, चैत्र १५
११:३२

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, असार २९ । बागमती प्रदेशले सहकारी एकीकरण अभियानलाई दु्रत गतिमा अघि बढाएको छ । सहकारी एकीकरण गर्ने संघीय सरकारको नीति अनुरुप प्रदेश सरकारले यसलाई दु्रत गतिमा अघि बढाएको हो ।
हालसम्म बागमती प्रदेशले ४६ वटा विभिन्न प्रकृतिका सहकारी संस्था एकीकरण गरी १६ वटा कायम गरेको छ । प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ को आधारमा सहकारी एकीकरण गरिएको हो । असार महिनामा मात्रै ४० सहकारी एकीकरण भई १३ वटा कायम भएको छ ।
बागमती प्रदेश सहकारी रजिष्ट्रार बिक्रम पाण्डेका अनुसार प्रक्रिया पुगेका सहकारीको एकीकरण नरोकिएको बताउनुहुन्छ । सरकारको नीति सहकारी एकीकरण भएको र प्रक्रिया पुर्याएर आउने सबै सहकारी एकीकरण हुने उहाँको भनाई छ ।
पाण्डे रजिष्ट्रारमा नियुक्ती भएको एक महिनाको अवधिमा प्रक्रिया पुगेका ४० सहकारीको एकीकरण भई १३ वटा बनेका छन् ।
मिलिजुली साकोस, धर्तिमाता साकोस, प्रगतिशिल पारोपकार सहकारी, एकता साकोस, धु्रवतारा कृषि, च्याँसे कृषि, लामपोखरी कृषि, जल्वाश्वरी महिला कृषि, शुभलक्ष्मी साकोस र गगनचुम्बी सहकारी एकीकरण भई मिलिजुली कालिञ्चोक साकोस बनेको छ । संस्थाको मुख्य कार्यालय भिमेश्वर नगरपालिका–६ दोलखा कायम गरिएको छ ।
त्यस्तै अन्नपूर्ण बहुमुखी र अञ्जुली महिला विकास सहकारी एकीकरण भई अन्नपूर्ण बहुमुखी सहकारी संस्था कायम भएको छ ।
प्राकृतिक साकोस र माता बिन्दावासिनी बीच एकीकरण भई प्राकृतिक साकोस, गोदावरी–६ ललितपुर कायम भएका छन् । प्रभात दिदीबहिनी र शक्तिखोर महिला विकास साकोस एकीकरण भई प्रभात दिदीबहिनी साकोस भरतपुर–१२ चितवन कायम भएको छ ।

यमुना बहुउद्देश्यीय, आइडियल सोसाईटी साकोस र नव महादेव साकोस एकीकरण भई आइडियल यमुना बहुउद्देश्यीय कायम भएको छ ।
मकवानपुर नमुना साकोस र संगम साकोस एकीकरण भई मकवानपुर नमुना प्रगति साकोस बनेको छ । नवदुर्गा साकोस र लेकाली डाँफे कृषि एकीकरण भई नवदुर्गा साकोस, पनौती–९ काभ्रे बनेको छ ।
त्यसैगरी सामुदायिक साकोस, गाँउबेशी साना किसान, चम्पादेवी साना किसान र गोठाला गणेश साकोस एकीकरण भई सामुदायिक साकोस बनेको छ ।
काठमाडौं थानकोट स्थिती चन्द्रागिरी साकोस र ललितपुरको रिचमन अग्र्यानिक कृषि सहकारी एकीकरण भई चन्द्रागिरी साकोस कायम भएको छ ।
त्यस्तै अर्थिक विकास साकोस र मित्र साकोस एकीकरण भई आर्थिक विकास मित्र साकोस बनेको छ । संस्थाको कार्यालय पाँचखाल–४ काभ्रे कायम भएको छ ।
संबृद्धि साकोस र बोस्टन साकोस मर्ज भई संबृद्धि बोस्टन साकोस कायम भएको छ । कन्हैया दुग्ध उत्पादक सहकारी, प्रर्वद्धन कृषि र बृहत पशुपंक्षिपालन कृषि सहकारी एकीकरण भई प्राकृतिक कृषि सहकारी कायम भएको छ । संस्थाको कार्यालय गोदावरी ९ ललितपुर रहेको छ ।
त्यस्तै मनकामना साकोस, नमस्कार महाँकाल बहुउद्देश्यीय, पद्यश्री साकोस र सिद्धार्थ बहुमुखी सहकारीबीच एकीकरण भई मनकामना साकोस बनेपा–७ काभ्रे कायम भएको छ ।
त्यसैगरी २०७६ साल मंसीर ३० गते हाम्रो नमुना साकोस, हाम्रो थैली साकोस र सेवक साकोस एकीकरण भई हाम्रो साकोसबाट कारोबार सूरु गरिएको छ ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण