शुक्रबार, चैत्र १६
०७:११

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्षको पहिलो दिन नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबीच सहकार्यको मार्गचित्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा “नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको सहकार्यको मार्गचित्र” नाम दिइएको उक्त समझदारी पत्रमा हस्ताक्षर र आदानप्रदान गरिएको हो ।
खासगरी कोभिड–१९ को महामारीसँगै सहकारी क्षेत्रमा आइपर्ने वित्तीय संकटको एकीकृत सम्बोधनको अभिप्रायसहित दुवै निकायबीच संयुक्त व्यावसायिक साझेदारीका क्षेत्रहरु तय गर्ने सहमति बैशाख १७ गते भएको थियो । त्यसको विस्तृत अध्ययनका लागि सोही दिन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयोजकत्वमा महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरु तथा सहकारी बैंकका सञ्चालकहरु सरिता भट्टराई, ज्ञानबहादुर तामाङ र रामहरि बजगाई एवम् दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु पदेन सदस्य रहने गरी ८ सदस्यीय संयुक्त कार्यदल गठनको सहमति पत्रमा हस्ताक्षर भएको थियो । कार्यदलले साझेदारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सम्भावनाहरु सहितको मार्गचित्र तयार गरेको हो ।
मार्गचित्रमा दुवै निकाय बीच बचत तथा ऋण सहकारीको सम्बन्धमा साझा कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख छ । वित्तीय सेवा तथा व्याजदर, प्रविधिकरण, बहस पैरवी, विपद व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, सेवाकेन्द्र, शाखा स्थापना, सञ्चालन र व्यवस्था आदि समन्वयका अल्पकालीन क्षेत्रका सम्भावना औल्याएको मार्गचित्रले बजेट तथा कार्यक्रम, नियामकीय अवधारणामा मध्यकालीन तथा अन्य समसामयिक विषयमा दीर्घकालीन सहकार्यका क्षेत्रहरु पहिचान गरेको छ ।
सहकार्यको मार्गचित्र सम्बन्धी समझदारीमा हस्ताक्षर एवम् आदान प्रदान कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बैकका अध्यक्ष केबी उप्रेती, सञ्चालक सरिता भट्टराई, ज्ञानबहादुर तामाङ र रामहरि बजगाईले हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् महासंघका सञ्चालक डीबी बस्नेत, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर गरिएको हो । कार्यक्रमका महासंघका अध्यक्ष कँडेलले दुवै निकाय सहमति कार्यान्वयनमा प्रतिवद्धत हुनुपर्ने बताउनुभयो । नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारी मूल्य र मान्यतामा अडिग रहेर संयुक्त साझेदारीको कार्य र प्रक्रिया अबलम्बन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बैंकका अध्यक्ष उप्रेतीले पनि मार्गदर्शन कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभयो ।
देशको समग्र आर्थिक तथा सामाजिक क्षेत्रको सुरक्षित अवतरणका लागि दुवै निकायबीच संयुक्त रणनीति अख्तियार गरी बचत तथा ऋण सहित सम्पूर्ण सहकारी संघ संस्थाको दीगोपन, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न साझा विषयहरुमा साझेदारी कायम गर्दै अघि बढ्न बाञ्छनीय भएकाले सहकारी ऐन २०७४ को दफा २५ (घ) र ५४ (ग) र (झ) लाई आधार पारी यो मार्गचित्र तयार पारी लागू गरिएको जनाइएको छ ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण