शनिबार, वैशाख १५
१२:५९

पर्साका सात साकोसको जोखिम सुरपरिवेक्षण समिक्षा कार्यक्रम

सोमबार, फागुन ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पर्सा । जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं. १० स्थित गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेप्mस्कूनको प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स पर्सा क्लस्टर को तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक राउत अहिरको सभापतित्व, राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक सदस्य शम्भु प्रसाद गुप्ताको प्रमुख अतिथ्यता, नेप्mस्कून सचालक सदस्य हरेराम प्रसाद, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका अध्यक्ष राजेश पंडित, सहकारीकर्मी जिष्णु बरालको उपस्थितिमा र नेफस्कूनका कार्यक्रम अधिकृत गौतम साहको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि शम्भु प्रसाद गुप्ताले विगतका कार्यशालामा सिकेको सिकाई कार्यान्वयनको अवस्था र आजको सिकाईबाट उत्कृष्ट नतिजा सहितको रिपोर्ट सहभागीहरुबाट आउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले सहभागी सम्पूर्ण व्यवस्थापक र संस्थाको अग्र भागमा रहेका कर्मचारीहरुलाई सिकाइप्रति उप्रेरित गर्ने उद्देश्यसहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक हरेराम प्रसाद, जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

उक्त कार्याशालामा विन्दवाशिनी साकोस, आर्शिवाद साकोस, कान्तिपुर साकोस, शिवम् साकोस, गृह लक्ष्मी साकोस, विरगञ्ज साकोस, लालीगुराँस साकोसका व्यवस्थापकहरुले आ–आप्mनो संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीका क्रममा देखिएका संस्थाहरुको विविध कमीकमजोरीलाई समिक्षा गर्दै सुधार गर्नुपर्ने विषयहरुमा सहजकर्ता गौतम साहले सुझाव समेत दिनुभएको थियो । अगामी कार्याशाला शिवम् साकोस, विरगञ्जको आयोजनामा हुने निर्णय गरिएको छ । कार्यक्रम सञ्चालन गृह लक्ष्मी साकोसका व्यवस्थापक रविभुषण श्रीवास्तवले गर्नुभएको थियो ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण