बिहीबार, जेठ ३
०९:३५

नेफ्स्कूनको ३३ औं स्थापना दिवस मनाइँदै

आईतबार, साउन ३२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, साउन ३२ ।

देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेफ्स्कूनले आज -साउन ३२ गते_ ३३औं स्थापना दिवस मनाउँदैछ । कोभिड १९ को महामारीका कारण सरकारले जारी गरेको आदेशहरु पालना गर्दै व्यक्तिगत सुरक्षा र भौतिक दुरी कायम राखी सीमित सहभागीहरुको उपस्थितिमा स्थापना दिवसको कार्यक्रम आयोजना गरिएको हो ।

केन्द्रीय कार्यालय नयाँ बानेश्वरसहित केही फिल्ड कार्यालयहरुमा पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइदैंछ । २०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिनलाई नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । नेपालको वित्तीय सहकारी संस्थाहरुको प्रवर्द्धन, विकास, व्यावसायिककीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील यस संघले सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य भन्ने भाव सहित आफ्नो ३३औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउन गइरहेको हो । यसै अवसरमा केन्द्रीय कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालको बिशिष्ट आतिथ्यता सहित सहकारी अभियानका शीर्षस्थ निकायका व्यक्तित्वहरु र नेफ्स्कून परिवारको  उपस्थितिमा कार्यक्रम मनाइएको छ ।

विशिष्ट अतिथिद्वारा आज विविध कार्यक्रमहरुको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

नेफ्स्कून नयाँ भवन शिलान्यास

नेफ्स्कूनको नयाँ बानेश्वरस्थित सदस्य सेवा विभाग रहेको परिसरभित्र नयाँ भवन निर्माणको शिलान्यास भएको छ । उक्त स्थानमा नयाँ ७ तल्ले भवन निर्माण गरिने छ । भवनको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गर्नुभएको छ ।

आधारशीला कार्यक्रम घोषणा

आवश्यकतामा आधारित धान्न सकिने रणनीतिक साझेदारी मार्फत सिकाई र लाभ लिने उद्देश्यसहित संघले अगाडि सारेको आधारशीला कार्यक्रम घोषणा भएको छ । जागरण, प्रबद्र्धन, विकास, सञ्जालीकरण र स्तरीकरण कार्यक्रम साझेदारी मार्फत वित्तीय पहूँच र स्वरोजगारी निर्माणका कार्यक्रम रहेका छन् ।

एकीकृत मार्गदर्शन जारी भएको घोषणा

स्थापना दिवसकै अवसरमा नेफ्स्कूनले सुशासन मार्गदर्शन प्रकाशन गरेको छ । आन्तरिक सुशासनमा बिशेष जोड दिदैं आएको नेफ्स्कूनले सुशासन मार्गदर्शन प्रकाशनमार्फत संघको प्रतिबद्धता थप पुष्ट्याइँ गरेको हो । राज्यको मुल कानुन, सहकारी ऐन, नियमावली, विनियम, नीतिहरु एवम् सहकारी सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तमा आधारित रहेर संघले पहिलो पटक सुशासन मार्गदर्शन प्रकाशन गरेको हो ।

डिजिटल पत्रिका शुभारम्भको घोषणा

नेफ्स्कूनले स्थापना दिवसको अवसर पारेर आजबाट डिजिटल पत्रिका www.saccosaawaj.coop.np को औपचारिक शुभारम्भ गरेको छ । सहकारी र साकोस अभियानसँग सम्बन्धित सबै गतिविधिहरुको सत्यतथ्य जानकारी दिने उद्देश्यका साथ यस अभियानसँग आबद्ध सहकारी निकायहरुको पहिलो अनलाईन पत्रिकाका रुपमा यो डिजिटल पत्रिका सुरु गरिएको हो । अनलाईन पत्रिकाको संरक्षकमा संस्थाका अध्यक्ष परितोष पौड्याल, प्रकाशन उपसमितिमा संस्थाका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सम्पादक प्रकाश प्रसाद पोखरेल हुनुहुन्छ । नवीन प्रविधिमा आधारित समाचार सामाग्रीहरुप्रति रुचि र माग बढेसँगै अभिभावक संघको रुपमा संघले पनि समग्र अभियानलाई समेट्ने उद्देश्यका साथ न्यू मिडिया सञ्चालनको अभ्यास थालनी गरेको हो ।

सहकारी व्यवस्थापक कक्षा शुभारम्भ

नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त सहकारी व्यवस्थापक कक्षा सञ्चालनको सम्पूर्ण तयारी पुरा गरेसँगै आजै कार्यक्रमको औपचारिक उद्घाटन गर्दैछ ।

रणनीतिक एवम् वार्षिक योजना पुस्तिका हस्तान्तरण

आजै आयोजित कार्यक्रममा नेफ्स्कूनले सन् २०२० देखि २०२३ सम्मका लागि बनाएको रणनीतिक व्यावसायिक योजनाको पुस्तिका संघका अध्यक्ष परितोष पौड्यालले कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुहुने कार्यक्रम छ । संघको उच्च व्यवस्थापनले सघन छलफलबाट तयार पारेको उक्त योजना सञ्चालक समितिले अनुमोदन गरेसँगै कार्यान्वयमा आएको हो । ४ वर्षे रणनीतिक योजनालाई आधार मानेर वार्षिक कार्ययोजना समेत तयार गरिएको छ । योजनामा संघले आफ्नो ध्येय, परिकल्पना, उद्देश्य र लक्ष्यहरु निर्धारण गरेको छ ।

सम्मान तथा पुरस्कार घोषणा

नेफ्स्कूनले स्थापना दिवसको अवसरमा वर्षेनी घोषणा गर्दै आएको सम्मान तथा पुरस्कारलाई यसपटक पनि निरन्तरता दिएको छ । आज आयोजित ३३ औं स्थापना दिवसको कार्यक्रममा पुरस्कार उपसमितिका संयोजक निवर्तमान अध्यक्ष डीबी बस्नेतले पुरस्कृत संस्था र पत्रकारको घोषणा गर्नुभएको हो । आज घोषित सबै सम्मान तथा पुरस्कारहरु नेफ्स्कूनको आगामी साधारण सभामा प्रदान गरिने छ ।

नेफ्स्कूनद्धारा बागमती प्रदेशमा २ नयाँ कार्यालय स्थापना 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले ३२ औं स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशमा २ वटा नयाँ फिल्ड कार्यालयहरु विस्तार गरेको छ । संघीय काठमाडौं र रामेछापमा नयाँ कार्यालय सञ्चालनमा आएका छन् । संघले रामेछापको मन्थलीमा साउन २६ गतेबाटै विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । मुलुकभर वित्तीय सहकारीको सञ्जाल विस्तारको कार्यक्रम अनुरुप नेफ्स्कूनले गोंगबुमा फिल्ड कार्यालय र रामेछापको मन्थलीमा विस्तारित सेवा केन्द्र सुरु गरेको हो । आज विहान संघका अध्यक्ष परितोष पौड्यालले गोंगबु फिल्ड कार्यालयको उद्घाटन गर्नुभएको छ । 

 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण