बिहीबार, वैशाख २७
०१:३४

सर्लाहीको लालबन्दीमा सहकारीहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजना

बिहीबार, मंसीर २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । ग्रामिण साकोस लालबन्दी–२, सर्लाहीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सर्लाहीको लालबन्दीमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) २०७७ मंसिर २५ गते  सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION)मा आबद्ध सर्लाही र बारा जिल्लाका १० वटा साकोसका अध्यक्ष, सञ्चालक सदस्य, प्रोवेसन कार्यदल संयोजक र व्यवस्थापकको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष सुरेन्द्र विक्रम कार्कीको अध्यक्षता र लालबन्दी नगरपालिका नगर प्रमूख मान बहादुर खड्काको प्रमूख आतिथ्यता,  जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष तथा नेफ्स्कून सर्लाही फिल्ड व्यवस्थापन उप–समिति सदस्य बाबुराम घिमिरे र लालबन्दीको नवलपुर वरपर रहेको सहकारी संस्थाहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले सहकारी संस्थाहरु जोखिमबाट न्यूनीकरण गरी संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने बिषयमा प्रष्ट पार्दै, स्तरीकरणको यस कार्यक्रममा सहभागी सबै साकोसहरुलाई शुभकामनाका व्यक्त गर्नुुभएको थियो । साथै कार्यक्रमको सुरुवातसंगै सर्लाही र वारा जिल्लमा रहेका संस्थाको स्तरीकरण गर्ने, सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना हुने अभ्यासको सुरुवात भएको कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुको कथन रहेको थियो । नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोमा अझ ब्राण्ड प्राप्त गरी एक्सेस कार्यक्रममा सहभागी हुनेमा विश्वस्त रहेको कुरा जानकारी गराउनुभयो भने हाल नेफ्स्कूनबाट सञ्चालीत स्तरिकरण कार्यक्रमले सहकारी संस्थालाई गुणस्तरिय वनाउने र सदस्यहरुको एक मात्र रोजाइ वन्नेमा द्वय प्रमूख अतिथि र अतिथिको कथन रहेको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसे र कार्यक्रमको उदघोषण ग्रामिण साकोसका सचिव श्यामवावु कार्कीले गर्नु भएको थियो ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण