शनिबार, वैशाख १५
०२:०१

सिवाईसी साकोसको वार्षिक साधारणसभा सम्पन्न

बिहीबार, मंसीर २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोभिड–१९ को महामारीका बीच स्वास्थ्य मापदण्डलाई पालना गर्दै ११ वटा कार्यालय अन्तर्गतका सदस्यहरुसँग विस्तारित मञ्चमा छलफल पश्चात प्रतिनिधिमूलक साधारण सभा सम्पन्न भएको हो । 

सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीहरुले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको विचार राख्दै सहकारी क्षेत्रलाई डिजिटल माध्यमवाट कारोवार गर्न आवश्यक रहेको बताउनु भयो । हब्स कोअपरेटिभ सर्भिस लि.का अध्यक्षसमेत रहनु भएका पौडेलले अव बैंकमा जस्तै सहकारीहरुबीच पनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोवार  हुने व्यवस्था मिलाउन थालेको वताउनु भएको छ । 

पौडेलले एउटा सहकारीबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था गरी सहकारीका सदस्यलाई सहज र सर्वसुलभ सेवा दिने तयारी भैरहेको वताउनु भयो । हब्समार्फत नेपाल भरको एक सहकारी संस्थामा रहेको सदस्यको बचतलाई अर्को सहकारी संस्थाबाट भुक्तानी लिन र दिन सकिने गरी डिजिटल प्रविधिमा सेवा प्रवाह गर्ने पौडेलले वताउनु भयो । फरक प्रसंगमा पौडेलले सिवाईसी सहकारीले बागलुङमा छरिएको पुजि एकिकृत गरी गरिवि निवारण र वित्तिय क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको वताउनु भयो । 

कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीले स्थानिय तहसँग समन्वय गरी उद्यमशीलता विकास र रोजगारी सृजना गर्ने काम गर्नुपर्ने वताउनु भयो । सहकारीका सञ्चालन सदस्यमैत्री भएमात्रै सदस्यले सर्वसुलभ सेवा पाउनेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा सहकारीका सल्लाहकार तथा जिल्ला समन्वय समितिका बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, जैमिनी नगरपालिका का नगर प्रमुख इन्द्रराज पौडेल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवाराज  राजभण्डारी, गलकोट सदस्य सेवा केन्द्र संचालक समितिका संयोजक राम वहादुर खत्री लगाएतले शुभकाना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा र संचालन सचिव जयराम भारीले गर्नु भएको थियो । 

सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ठ वचतकर्ता सदस्य, उत्कृष्ट वालवचत कर्ता, असल ऋणी (उद्यमी) एवं असल सदस्य गरी ४४ जना सदस्यलाई सम्मान गरेको थियो । 
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण