आईतबार, जेठ ६
०९:३१

साकोस प्रतिनिधिहरुका लागि तरलता व्यवस्थापन तालिम

मंगलबार, मंसीर २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपालगञ्ज । बाँके र बर्दिया जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको एक दिवसीय तरलता ब्यवस्थापन तालिम हिजो नेपालगञ्जमा सम्पन्न भएको छ । 

नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रेम बहादुर शाहको अध्यक्षता र लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष एवम् बाँके जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । 

प्रमुख अतिथि ज्ञवालीले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कूनमा आवद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो । तरलता ब्यवस्थापनसँग संस्थाको ख्याति, सञ्चालक तथा ब्यवस्थापनको भविष्य, सदस्यको बचतको सुरक्षा, सहकारी अभियानको प्रतिष्ठा लगायतका विषय जोडिएको हुदाँ यी विषयहरुमा साकोसले सधै ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

नेपालगञ्ज फिल्ड ब्यवस्थापन उप–समिति सदस्य बिष्णु बहादुर रिमालले वित्तीय अनुशासन कायम गरी सुशासित संस्था निर्माण गर्न नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रम सहभागिताको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । 

तालिममा बाँके र बर्दिया जिल्लामा सञ्चालित २६ ओटा साकोसहरुबाट २८ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगाना र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण