आईतबार, जेठ ६
१०:०७

झापाको दमकमा साकोस अन्तरक्रिया

सोमबार, मंसीर २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

झापा । नेफ्स्कून र झापाका साकोस प्रतिनिधिहरु बीच सहकारीका समसामयिक विषहरुमा हिजो झापाको दमकमा अन्तरक्रिया भएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवम् नेफ्स्कून फिल्ड कार्यालय झापाका संयोजक घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्य गोमा नेपाल, निवर्तमान सञ्चालक चन्द्रा कुमारी खड्का, नेफ्स्कून व्यवसाय अधिकृत मनोज बुढाथोकी, फिल्डका कर्मचारी लगायत दमक झापा कार्यक्षेत्र भित्रका साकोस प्रतिनिधिहरुको उपस्थिति थियो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संघले विकास गरेका नविन कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै सहकारी ऐन, २०७४ को संशोधन सम्बन्धमा उठेका सवाल, ऐनले तोकेको स्थिरीकरण कोष सञ्चालन, कर्जा सूचना केन्द्र, दोहोरो सदस्यता लगायतका विविध विषयहरु सम्बन्धमा जानकारी सहित सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो । संघका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले संघको ऋण लगानी तथा सेवाहरुको विषयमा जानकारी गराउनुभएको थियो । यसैक्रममा नेफ्स्कूनका प्रतिनिधिहरूले उर्लाबारीस्थित नवश्री साकोस र नारी संकल्प साकोसको स्थलगत भ्रमण सहित सम्झिप्त अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण