बिहीबार, वैशाख २०
०३:३७

नेफ्स्कूनको २९ औं वार्षिक साधारणसभाः आज रुपन्देहीमा बिस्तारित मञ्च 

बिहीबार, कात्तिक २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९ औं वार्षिक साधारणसभा अन्तर्गत आज लुम्बिनी प्रदेशको बुटवलमा बिस्तारित मञ्च आयोजना हुँदैछ । सातै प्रदेशमा आयोजना गरिने बिस्तारित मञ्चका कार्यक्रम अन्तर्गत कार्तिक २३ गतेदेखि क्रमशः प्रदेश नं. १, २, बागमती प्रदेश र गण्डकी प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम उत्साहप्रद रुपमा सफलतापूर्वक सम्पन्न भएका छन् । आज लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बुटवलमा बिस्तारित मञ्चको पूर्व निर्धारित कार्यक्रम रहेको छ ।

संघको २९औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आयोजित प्रादेशिक विस्तारित मञ्च कार्यक्रम अन्तर्गत तिहार सकिएलगत्तै मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने छ । 

नेफ्स्कूनले सबै बिस्तारित मञ्चहरुमा तत्तत् प्रदेश अन्तर्गतका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ । कोभिड १९ को विषम् परिस्थितिकाबीच सम्भव भएसम्म भौतिक र नभएको अवस्थामा अभौतिक माध्यमबाट भएपनि मञ्चमा सहभागिता जनाई संघको वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतमा रचनात्मक र सुधारात्मक सल्लाह र सुझावको लागि नेफ्स्कूनले सम्बद्ध सबैसँग आग्रह गरेको छ ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?