शुक्रबार, वैशाख १४
१०:१३

नेफ्स्कूनको २९ औं वार्षिक साधारणसभा अन्तर्गत आज प्रदेश नं२ मा बिस्तारित मञ्च आयोजना हुँदै

सोमबार, कात्तिक २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९ औं वार्षिक साधारणसभा अन्तर्गत आज प्रदेश नं २ स्तरीय बिस्तारित मञ्च आयोजना हुँदैछ । सातै प्रदेशमा आयोजना गरिने बिस्तारित मञ्चका कार्यक्रम अन्तर्गत हिजो पहिलो दिन प्रदेश नं १ स्तरीय बिस्तारित मञ्च प्रदेश राजधानी बिराटनगरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सीमित भौतिक तथा जुम एप्लिेकशनका माध्यमबाट अभौतिक रुपमा उत्साहजनक सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको थियो । आज प्रदेश नं २ को बिरगंजमा अहिले बिस्तारित मञ्चको कार्यक्रम सुरु हुँदैछ । कार्यक्रममा सहभागिताका लागि नेफ्स्कून सञ्चालक समितिका पदाधिकारीहरु एवम् लेखा सुपरिवेक्षण समिति संयोजक सहित प्रशासन तथा समन्वय एवम् व्यवासय विभाग प्रमुख बिरगंज पुग्दै हुनुहुन्छ भने संघका अन्य सञ्चालकहरु पनि कार्यक्रममा जोडिनुहुने छ । 

कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित वित्तीय सहकारीहरुको मुलुकको एक मात्र केन्द्रीय निकायले सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । स्वास्थ्य मापदण्ड परिपालनाका साथ आयोजना गरिने कार्यक्रममा सीमित भौतिक उपस्थिति रहने छ भने अभौतिक रुपमा जुम एप्लिेकशनबाट पनि सहभागिता जनाउन सकिने छ ।यसअघि हिजो बिहान नेफ्स्कूनको विराटनगरस्थित सेवा केन्द्रको उद्घाटन समेत भएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घाटन गर्नुभएको कार्यक्रममा संघ सञ्चालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति संयोजक सहित सञ्चालकहरुको उपस्थिति थियो । सदस्य संघ संस्थाहरुको मागलाई सम्बोधन गर्दै नेफ्स्कूनले विराटनगरमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । 

वार्षिक साधारण सभा अन्तर्गत कार्तिक २४ गते प्रदेश नं २, कार्तिक २५ गते बागमती प्रदेश, २६ गते गण्डकी प्रदेश, २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने छ । 

नेफ्स्कूनले सबै बिस्तारित मञ्चहरुमा तत्तत् प्रदेश अन्तर्गतका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ । कोभिड १९ को विषम् परिस्थितिकाबीच सम्भव भएसम्म भौतिक र नभएको अवस्थामा अभौतिक माध्यमबाट भएपनि मञ्चमा सहभागिता जनाई संघको वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतमा रचनात्मक र सुधारात्मक सल्लाह र सुझावको लागि नेफ्स्कूनले सम्बद्ध सबैसँग आग्रह गरेको हो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण