शुक्रबार, वैशाख २१
१२:११

एक्सेस लुम्बिनी दोस्रो समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

आईतबार, भदौ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बर्दिया । हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा एक्सेस लुम्बिनी दोश्रो क्लष्टर को १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।

हाम्रो मध्यवर्ती साकोसका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगानाको बिशिष्ठ आतिथ्यता र राष्ट्रिय सहकारी बैक भुरिगाउँ शाखा प्रमुख किरण खत्रीको आतिथ्यता रहेको थियो । 

कार्यशाला सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यशालामा क्लष्टरमा आबद्ध ग्रामिण साकोस, बिजयफुलबारी साकोस, गंगामाला स्वाबलम्बन साकोस, नमुना महिला साकोस, हाम्रो सुपर साकोस र हाम्रो मध्यवर्ती साकोसका अध्यक्ष, व्यवस्थापक र समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण