बुधबार, वैशाख २६
०१:३१

 रामेछापको भूतपूर्व सैनिक साकोस कर्ब्स कार्यक्रममा आवद्ध 

आईतबार, भदौ ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका मन्थलीमा सञ्चालित भूतपूर्व सैनिक साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले प्रवर्धन गरेको गुणस्तर सुनिश्चितता सम्वन्धी कार्यक्रम हो ।

गत मंगलबार साकोसको कार्यालयमा आयोजित कर्ब्स अभिमुखीकरण पश्चात जोखिम सुपरिवेक्षण कार्यक्रममा आबद्धता जनाएको साकोसले वित्तीय कारोबार जोखिमलाई न्यूनीकरण गर्न कर्ब्सले निर्धारण गरेका सूचकहरुको पूर्ण पालनामा प्रतिबद्ध रहने जनाएको थियो । साकोसका अध्यक्ष केशव प्रसाद घिमिरेले वित्तीय सहकारी सदस्यसँग पैसाको कारोबारमा केन्द्रित रहने हुँदा साकोस सञ्चालनमा आईपर्ने जोखिमलाई न्यूनीकरण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । सहकारी स्वनियमनमा चल्ने, सदस्यहरुको सम्पत्ती र सदस्यहरुबाटै नियन्त्रण हुने भएकोले सुशासित, भरपर्दो, विश्वसनीय साकोस निर्माण गर्दै यसको निरन्तरताको लागि आन्तरिक नियन्त्रण प्रणलीलाई सुरुवातबाटै व्यवस्थित बनाउन र भविष्यमा आउन सक्ने जोखिमलाई समेत न्यूनीकरण गर्नसकिने भएकोले कर्ब्स कार्यक्रममा संस्थालाई आवद्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।   

कार्यक्रम सम्झौतामा संघका अध्यक्ष घिमिरे र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरेले हस्ताक्षर गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण