बुधबार, वैशाख २६
०७:२२

पोखरामा गण्डकी तेस्रो समुहको असल सिकाई कार्यशाला सम्पन्न 

आईतबार, साउन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । श्री विहानी साकोस, पोखराको आयोजना र नेप्mस्कूनको प्राविधिक सहयोगमा गण्डकी तेस्रो समुहको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला श्रावण १९ गते पोखरामा सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका सञ्चालक÷प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक, आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ४५ जना को उपस्थिति रहेको थियो ।

कार्यक्रम आयोजक साकोसका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की सञ्चालक कमलादेवी गिरीको प्रमुख आतिथ्यता, नेफ्स्कूनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने र नेफ्स्कून सदस्य सेवा कार्यालय पोखराका इन्चार्ज सुर्यप्रसाद तिमिल्सिनाको आतिथ्यतामा भएको थियो । 

प्रमुख अतिथि गिरीले नेफ्स्कूनले सञ्चालनमा ल्याएका साकोस स्तरीकरणका कार्यक्रमहरु र  बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थीरीकरण कोषमा सहभागिता जनाउनुले साकोसको दिगो संस्थागत विकास तथा सुरक्षित साकोस निर्माणमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले नेप्mस्कूनको स्तरीकरण कार्यक्रम अन्य संघ वा बैङ्कको भन्दा स्तरीय रहेको समेत जानकारी गराउनुभएको थियो ।  

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत  सुरज चालिसेले गर्नुभएको थियो । स्वागत मन्तव्य धर्मराज भण्डारी र कार्यक्रम सञ्चालन सचिव हिमालय बस्रेलले गर्नुभएको थियो । समुहको आगामी आठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चार साकोस, पोखराको आयोजना २०८० कार्तिक २१ गते सम्पन्न गर्ने समेत निर्णय भएको छ ।


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण