बुधबार, वैशाख २६
०४:११

मेची–कोशी चौथो क्लस्टरको १० औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

आईतबार, साउन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । ग्रेटनेपाल साकोस, सुन्दरहरैंचा–१२, मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मेची–कोशी चौथो क्लस्टरको १० औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला श्रावण २० गते, शनिवार जेसिज भवन, बिराटचोक, मोरङमा सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (पोबेसन) मा आबद्ध मोरङ, सुनसरी र उदयपुर जिल्लाका ८ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक, सदस्य, व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ४४ जना को उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष प्रभुराम रैकामगरको अध्यक्षता, प्रमुख अतिथिको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालक एवं सुनसरी सदस्य सेवा कार्यालय संयोजक गोमा नेपाल र ग्रेट नेपाल साकोसका सल्लाहकार लक्ष्मी प्रसाद आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमबाट सहकारी बिच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदान प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै  नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर वृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यशालाको सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले मौद्रिक नीति २०८०/८१ को विषयमा आफ्नो प्रस्तुती गर्नुभएको थियो । उक्त मौद्रिक नीतिमा सहकारी संघ संस्थाले ध्यान दिनुपर्ने विषयहरुमा विशेष जोड दिनुभएको थियो ।

कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक सागर लुईटेलले र कार्यक्रम सञ्चालन सचिव सन्तोष गौतमले गर्नुभएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण