शुक्रबार, वैशाख २१
११:०१

सीटीईभीटीबाट सम्बन्धन प्राप्त छोटो अवधिका तीन कोर्षमा शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्यो

बुधबार, जेठ ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त छोटो अवधिका तीनवटा कोर्षहरुमा शैक्षिक सत्र २०८० का लागि भर्ना आवेदन खुला गरेको छ । संघको तालिम तथा स्रोत केन्द्रले सहकारी व्यवस्थापक, बचत परिचालन र रिसेप्सनिष्ट कम क्यासियर विषय अध्ययनका लागि निःशुल्क आवेदन माग गरेको हो । आवेदन दिने अन्तिम मिति २०८० असार ३१ गते सम्म रहेको छ । आवेदन www.training.org.np मा क्लिक गरी भर्न सकिनेछ । 

नेफ्स्कूनले सीटीईभीटीसँगको सम्बन्धनमा संघको ३३औं स्थापना दिवसको अवसर पारेर २०७६ श्रावणदेखि सहकारी व्यवस्थापक कोर्षको औपचारिक शुभारम्भ गरेको थियो भने त्यसको केही समयपछि थप २ विषयको पठनपाठन समेत सञ्चालन गरेको थियो । ६ सय घण्टाको छोटो अवधिको तालिम अन्तर्गतको सहकारी व्यवस्थापक कोर्ष कम्तिमा ९ महिनाको अवधिमा सम्पन्न हुनेछ । नेफ्स्कून र सीटीईभीटीले तयार पारेको पाठ्यक्रममा सहकारी परिचय, योजना निर्माण, सुशासन, भौतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, बस्तु तथा सेवाको विकास, प्रवर्धन र बजारीकरण, जोखिम व्यवस्थापन गरी १५ वटा विषयहरु तय गरी सैद्धान्तिक र व्यावहारिक पाठ्यभार छुट्याईएको छ । भौतिक र भर्चुअल दुवै कक्षा सञ्चालन हुने उक्त कोर्षमा सम्वन्धित विषय विज्ञहरुबाट अध्यापन गराईन्छ । 

सहकारी निकायबाट उक्त कोर्ष सञ्चालन गर्नेमा नेफ्स्कून नेपालमै पहिलो संघको रुपमा रहेको छ । संघले कोभिड–१९ महामारीको समयमा भर्चुअल कक्षा सञ्चालन गरि सहकारी व्यवस्थापक कोर्षको पठनपाठन शुरु गरेको थियो । हालसम्म ७७ जना सहकारी व्यवस्थापक कोर्ष पुरा गरि दिक्षित हुनुभएको छ भने २० जनाले बचत परिचालनको कोर्ष पुरा गर्नुभएको छ । 

शिक्षा तथा तालिमको इतिहासमा पहिलो पाइलाको रुपमा रहेको सहकारी व्यवस्थापक कोर्ष सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणमा कोशेढुंगा सावित भएको छ । उक्त कोर्षले सहकारीमा दक्ष र सीपयुक्त युवा जनशक्ति विकास गरी दिगो वित्तीय सहकारी निर्माणमा महत्वपूर्ण योगदान पुगेको छ । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?