शनिबार, वैशाख २९
०८:४२

सहकारी सञ्चालन सम्बन्धी पढ्नै पर्ने तीन पुस्तक 

बिहीबार, असोज २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थालाई सुव्यवस्थित, मर्यादित  एवं विधिसम्मत तरिकाले सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गर्न नेफ्स्कूनले पढ्नै पर्ने महत्वपूर्ण तीन पुस्तक प्रकाशनमा ल्याएको छ । बचत तथा ऋण सहकारीमा सुशासन स्तरको उत्कृष्टता कार्यान्वयन मार्गनिर्देशिका, व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी व्यवसाय क्याटलग र एकीकृत स्वनियमन मार्गनिर्देशन २०७७ प्रकाशन गरेको हो । 

संस्थालाई सुव्यवस्थित, मर्यादित  एवं विधिसम्मत तरिकाले पारदर्शी, नियमित, सुनिश्चित, प्रभावकारी र जवाफदेही रुपमा सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गर्न सदस्य संस्थाहरुलाई आआफ्नो संस्थाको कार्यान्वयन निर्देशिका निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले मार्गदर्शनको रुपमा उक्त पुस्तक तयार गरिएको संघले जनाएको छ । 

बचत तथा ऋण सहकारीका सिद्धान्त तथा असल अभ्यासहरु विकास गर्न निर्देशिका मार्फत महत्वपूर्ण आधार तयार हुने विश्वास लिइएको छ । एशियाली ऋण महासंघ अकु ले बचत तथा ऋण सहकारीमा सुशासन स्तरको उत्कृष्टता कार्यान्वयन का लागि तय गरेका विषयहरुलाई मार्गनिर्देशिका पुस्तकमा दुई भागमा समावेश गरिएको छ । पहिलो भागमा सुशासन प्रबद्र्धन गर्ने नीति वा आन्तरिक कार्यविधिको आधार र दोस्रो भागमा सुशासनको अवस्था परिक्षण गरी उत्कृष्ठताको स्तर पत्ता लगाउने विधि सुझाइएको छ । 

यसभित्र ८ परिच्छेद सहित १३२ पृष्ठ रहेको छ । व्यावसायिक नैतिक मर्यादा, साधारणसभा, सञ्चालक संरचना र उक्तरदायित्व, सञ्चालक भर्ना र अभिमुखीकरण, सञ्चालक समिति सञ्चालन, सञ्चालक समितिको कार्यसम्पादन मूल्यांकन, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन र सञ्चालक समिति तालिमको विषयमा विस्तृतीकरण गरिएको छ ।  निर्देशिका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा  उपसमितिहरुको सक्रियता एवं पेशागत कार्यक्षमता विकासमा योगदान गर्ने दिशामा लक्षित छ । सुशासनमा आधारित बचत ऋण सहकारीता प्रबद्र्धन गर्न तथा संघ संस्थालाई सुरक्षित वित्तीय सहकारीको रुपमा विकास गर्न यस मार्गनिर्देशिका सहयोगी बन्ने अपेक्षा संघको छ । 

त्यसैगरी एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा तयार पारिएको व्यवसाय क्याटलग उद्यमशीलता विकास र सही उद्यम छनोटमा महत्वपूर्ण टेवा पुर्याउने विषयमा लक्षित छ । उद्यमशीलता प्रबद्र्धनका विविध कार्यक्रमहरु समेटिएको क्याटलगले सहकारीमा आबद्ध सदस्यहरुको जीवनस्तर सुधार ल्याउन उद्यमशीलता सिर्जनाका  नविन क्षेत्रहरु पहिचान गराएको छ । 

बचत तथा ऋण सहकारीमा सुशासन स्तरको उत्कृष्टता कार्यान्वयन मार्गनिर्देशिका र  व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी व्यवसाय क्याटलग दुवै प्रति पुस्तक रु. ५ सयमा प्राप्त गर्नसक्नुहुनेछ । पुस्तकको लागि नेफ्स्कून केन्द्रीय कार्यालय स्टेशनरी शाखा र संघका नजिकका फिल्ड कार्यालय तथा सेवा केन्द्रहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै नेफ्स्कूनको ३३औं स्थापना दिवसको अवसरमा प्रकाशित एकीकृत स्वनियमन मार्गनिर्देशन २०७७ र नेफ्स्कूनद्वारा त्रैमासिक रुपमा प्रकाशन हुने साकोस आवाजको असोज अंक समेत प्रकाशनमा रहेको हुँदा उक्त पुस्तकहरु निशुल्क अध्ययन गर्नुहुन समेत संघको अनुरोध छ ।   

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?