मंगलबार, वैशाख १८
०८:०२

साकोसहरुका लागि सदस्य सम्बन्ध व्यवस्थापन तालिम सञ्चालन 

बिहीबार, जेठ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बर्दियामा सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा कार्यालय नेपालगञ्जको अयोजनामा गत आइतबार बर्दियाको भुरिगाउँमा आयोजित तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 

लुम्बिनी प्रदेश बचत संघका सञ्चालक उदय बहादुर खत्रीको अध्यक्षाता र नेफ्स्कून साकोस म्यानेजर्स क्लब लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद रिजालको आतिथ्यतामा तालिमको समापन भएको  थियो । 

प्रदेश बचत संघका सञ्चालक खत्रीले सदस्यको जीवनस्तर परिवर्तनका लागि सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सदस्य सहकारीका ग्राहक नभएर मालिक भएको र सहकारीका सञ्चालक समिति तथा कर्मचारीहरुले सम्पूर्ण सदस्यहरुसँग मालिकको जस्तो सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिनुभयो । सदस्यसँग गरिने व्यवहार, बोलि बचन र प्रयोग हुने भाषशैलि सम्मानजनक रहनुपर्ने उहाँको भनाई थियो ।  

तालिमको सहजिकरण नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेका इन्चाज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । तालिमको उद्घाटन तथा शुभारम्भ नेफ्स्कून सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य एवं जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटाले गर्नु भएको थियो । समापन कार्यक्रमको सञ्चालन बाँके सदस्य सेवा कार्यालय नेपालगञ्जका कार्यालय सहायक पुष्पराज तिमिल्सिनाले गर्नुभएको थियो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण