मंगलबार, वैशाख १८
१०:१७

महिला जागृती साकोसको आयोजनामा सत्रौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

बिहीबार, जेठ १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । महिला जागृती साकोस, भिमफेदी गाउपालिका वडा नं.–६, हेटौडा, मकवानपुरको आयोजना र नेप्mस्कूनको प्राविधिक सहयोगमा मध्य तराई दोस्रो समुहको सत्रौैँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मकवानपुरको हेटौडामा सम्पन्न भएको छ । 

कार्यशालामा पूर्ण तथा व्यवसायिक कार्यक्रम प्रोबेसनमा आबद्ध मकवानपुर जिल्लाका ११ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापन साथै आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी ३५ जनाको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष रिता आलेको अध्यक्षता, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्र्रमुख आतिथ्यता र जिल्ला बचत संघ मकवानपुरको अध्यक्ष कल्पना श्रेष्ठको विशेष आतिथ्यता कार्यक्रममा रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि लामाले सहकारी संस्थाहरुमा सुशासन कायम गर्न स्तरीकरण कार्यक्रम र यस प्रकारका समिक्षा गोष्ठीहरुले सहयोग पुर्याउने बताउनुभयो । उहाँले सरकारले आगामी आर्थिक बर्षको बजेट बक्तव्य मार्फत सहकारीको आयकर र बचतको व्याज करमा वृद्धि गरेको विषय अत्यन्त नकारात्मक रहेको भन्दै यसमा केन्द्रीय संघहरुको भूमिका सबल हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा मकवानपुर सदस्य सेवा कार्यालयका इन्चार्ज ज्योती महत, कार्यक्रम अधिकृत द्वय यमकला पौडेल र सुरज चालिसे सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सहभागी साकोसहरुमध्येबाट उत्कृष्ठ प्रस्तुती गर्ने महिला एकता साकोसकी व्यवस्थापक सर्मिला ढुंगानालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहभागी साकोसहरु सबैले आ आफ्ना संस्थागत विविध जानकारीहरु समेटिएको प्रस्तुती राख्नुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाका उपाध्यक्ष चेतकुमारी पुडासैनीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन निर्मला कुमारी थापाले गर्नु भएको थियो ।

 आगामी अठारौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बज्रबाराही साकोसको आयोजना सम्पन्न गर्ने निर्णय भएको छ । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण