शनिबार, वैशाख १५
१२:०३

उद्देश्य साकोसको आयोजनामा प्रोबेसन बागमती पाँचौं समूहको सिकाई कार्यशाला सञ्चालन

आईतबार, जेठ ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसन अन्तर्गत बागमती पाँचौं समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । उद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सञ्चालित सिकाई व्यवस्थापन कार्यशालामा समुहमा आबद्ध साकोसका सञ्चालकक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारी गरी १८ जनाको सहभागिता रहेको थियो । 

कार्यशाला गोष्ठी उद्घाटनका प्रमुख व्यक्तिमा संघका कोषाध्यक्ष दिपक पनेरु र अतिथिमा सञ्चालक नुच्छे नारायाण श्रेष्ठ हुनुहुन्थ्यो । 

प्रमुख व्यक्ति पनेरुले सहकारीको बर्तमान तरलता संकट समाधानका लागि निरन्तर सदस्य शिक्षा र सदस्य भेटघाट कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थाले हाल सम्म गरेका राम्रा कामहरु सदस्यमाझ पुर्याउन स्तरीकरण कार्यक्रम समिक्षा साथै असल सिकाई अभ्यास आदानप्रदान महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष विष्णु प्रसाद अधिकारीले गर्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण