बुधबार, वैशाख २६
०८:३६

आकाशद्वीप साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

सोमबार, चैत्र २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । आकाशद्वीप बचत तथा ऋण सहकारी संस्था लि., दोलखाको सञ्चालकहरुको क्षमता अभिवृद्घि तालिम (CUDCC) सम्पन्न भएको छ । आकाशद्वीप साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा चैत्र २२ देखि २५ गतेसम्म सिन्धुलीको ढुग्रेबासमा सञ्चालित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण सिमिति, व्यवस्थापक, उच्च तहका कर्मचारीहरु र सहजकर्ता सहित १९ जना कोे सहभागिता रहेको थियो ।

सिन्धुली बचत तथा ऋण सहकारी संघका अध्यक्ष मिथुला कुमारी घिमिरे प्याकुरेलको विशेष उपस्थितिमा तालिमको उद्घाटन भएको थियो । प्रमुख अतिथि प्याकुरेलले तालिमबाट संस्था सञ्चालनमा आइपर्ने समस्या र भावी योजना सहित सञ्चालकहरुको क्षमतामा वृद्धि हुने कुरामा जोड दिनुभएको थियो । साथै संस्थाले तालिमका लागि उपयुक्त स्थान सिन्धुली छनौट गरेकोमा पनि धन्यवाद दिनुभयो । संस्था सञ्चालकहरुले संस्थालाई पारदर्शि रुपमा सञ्चालन गनुपर्ने र सहकारी संस्था सञ्चालनको लागि तालिमको विशेष महत्व  रहेको प्रष्ट पार्नुभयो ।

आयोजक साकोसका अध्यक्ष बद्री बहादुर खड्काले प्रभावकारी रुपमा संस्था सञ्चालनका लागि तालिम आवश्यक रहेको बताउँदै सिकाईलाई निरन्तरता दिन सकेमा मात्रै संस्थालाई पारदर्शि रुपमा सञ्चालन गर्न सकिने स्पष्ट पार्नुभयो ।

चार दिवसीय तालिममा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको  उत्साहजनक र क्रियाशील सहभागिता रहेको थियो । तालिममा सामुहिक छलफल, समसायिक विषयबस्तुले हाल संस्थामा पारेको प्रभाव साथै संस्थामा तत्काल गनुपर्ने कार्यहरुलाई सूचिबद्घ गरि कार्य योजना तयार गरिएको थियो । तालिमको सहजीकरण संघका तालिम अधिकृत सुमनराज घिमिरे र खिलनाथ लुइटेलले गर्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण