बुधबार, वैशाख २६
०५:०९

सदस्य सक्षमता विकास तालिम सञ्चालन 

सोमबार, चैत्र २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रामेछाप । सहकारीका सञ्चालक समिति, लेखा समिति, उपसमितिहरुलाई लक्षित गरी सदस्य सक्षमता विकास तालिम रामेछापको मन्थली न.पा.८, चिसापानीमा सञ्चालनमा रहेको छ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको निशुल्क प्राविधिक सहयोगमा सञ्चालित तालिम समावेशी साकोस र चिसापानीगढी साकोसको संयुक्त आयोजनामा भएको हो । 

तालिमको उद्घाटन समावेशी साकोसका अध्यक्ष शान्ता कुमारी श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका ८ का कार्यवाहक वडा अध्यक्ष सिता कुमारी वुढाथोकी घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । 

तालिम उद्घाटन सत्रमा जिल्ला वचत संघका सञ्चालक देव वहादुर श्रेष्ठ, नेफ्स्कून मन्थली फिल्ड ईन्चार्ज सुर्य बहादुर थापा लगायतको उपस्थिति थियो । 

प्रमुख अतिथि सिता कुमारी वुढाथोकिले नव निर्वाचित सञ्चालक समिति लगायत, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उप समितिका पदाधिकारी तथा सदस्यहरुका लागि निशुल्क तालिम उपलब्ध गराएर समितिका सदस्यहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा धन्यवाद दिनुभयो । उहाँले सहकारी आफ्नो मुल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन हुनुपर्ने वताउँदै समुदायको हक हित तथा सदस्यको आर्थिक उन्नतिका लागि निरन्तर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

तालिममा समावेशी साकोस तथा चिसापानीगढी साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समितिका सदस्यहरु गरी जम्मा २२ जनाको सहभागिता रहेको थियो । चैत्र २६ र २७ गते सञ्चालित कार्यक्रमको सहजिकरण नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण