शुक्रबार, वैशाख २१
११:३१

सुर्खेतमा सम्भावित सदस्य अभिमुखीरण 

आईतबार, चैत्र २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सम्भावित नयाँ सदस्यहरुका लागि १ दिने अभिमुखीकरण सम्पन्न भएको छ । शनिबार आयोजित अभिमुखरण कार्यक्रम सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायले गर्नुभएको थियो । १ दिने अभिमुखीकरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका विभिन्न साकोसबाट १८ जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्षता ग्रहण गर्नु भएका उपाध्यायले नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरुको अभिभावक संघ हो । नेफ्स्कूनले अभिभावकको भूमिका निर्वाह गर्ने भएकोले हामीले सदस्यता लिंदा संस्थालाई एकदमै राम्रो फाईदा पुग्ने कुराको बारेमा जानकारी दिनु भएको थियो । नेफ्स्कूनका विभिन्न कार्यक्रम, सेवाहरुका वारेमा जानकारी पनि गराउनु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा नेफ्स्कूनको बारेमा प्रस्तुतीकरण कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नु भएको थियो भने नेफ्स्कूनका वस्तु तथा सेवाहरुको र सदस्यताका लागि आवश्यक कागजात र प्रक्रियाका बारेमा फिल्ड कार्यालय ईन्चार्ज चन्द्रदेव जोशीले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने कार्यक्रममा उचित व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण