शनिबार, वैशाख २२
०५:५५

मोरङको कानेपोखरीमा सदस्सँग नेफ्स्कूनको अन्तरक्रिया 

आईतबार, चैत्र २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । नेफ्स्कून लेटाङ फिल्ड कार्यालयको आयोजनामा शुक्रबार मोरङको कानेपोखरी गाउँपालिका भित्र सञ्चालित केही बचत तथा ऋण सहकारी संस्थाहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया भएको छ । 

कार्यक्रम नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको अध्यक्षतामा भएको थियो । सभाध्यक्ष नेपालले  सहकारीका विद्यमान समसामयिक समस्याको जड नै सुशासनमा कमजोरी रहेको बताउनुभयो । उहाँले साकोसको सुरक्षा, सबलीकरण र सुदृढीकरणका लागि अव अभियानमा ऐक्यबद्धताको विकल्प नभएको बताउँदै सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु संघमा आवद्ध भई गुणस्तर सुधारका कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । नीति, विधि र प्रविधिगत एकरुपता विना साकोस अभियान सुरक्षित हुन नसक्नेमा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न १० वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संघका कार्यक्रम अधिकृत द्वय मुकेश दाहाल र सौभाग्य भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लेटाङ सेवा केन्द्र कार्यालय प्रमुख गणेश  भन्डारीले गर्नुभएको थियो । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण