शनिबार, वैशाख २२
०८:५८

सहकारी दिवसका अवसरमा नवलपुरमा ‘वर्तमान अवस्थामा सहकारी तथा वित्त क्षेत्रको चुनौती र समाधानका उपायहरु’ विषयक अन्तरक्रिया 

सोमबार, चैत्र २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपुर । ६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा नवलपुर जिल्ला बचत संघ, जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंक कावासोती शाखाको संयुक्त आयोजनामा ‘वर्तमान अवस्थामा सहकारी तथा वित्त क्षेत्रको चुनौती र समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यपत्र सहजीकरण नेफ्स्कूनका पूर्व सञ्चालक एवम् जिल्ला बचत संघका पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेलले गर्नुभएको थियो । 

कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपुरका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) की उपाध्यक्ष शान्ति अधिकारी ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य पोषणराज सुवेदी, जिल्ला सहकारी संघका लि. नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली, जिल्ला वचत तथा ऋण सहकारी संघ लि. नवलपरासीका संस्थापक अध्यक्ष तथा सल्लाहकार खेमराज सापकोटा, निवर्तमान अध्यक्ष माधव प्रसाद गौतम, जिल्ला बचत संघका सल्लाहकार ओम कुमारी महती, जिल्ला बचत संघका सल्लाहकार धर्मदत्त भुसाल, शालिकराम ढकाल, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य गोपाल प्रसाद गौतम, ओम प्रसाद सापकोटा, जिल्ला बचत संघका सहसचिव नारायण प्रसाद पौडेल लगायत स्थानीय सहकारीकर्मी र सहकारीका सदस्यहरुको उपस्थिति रहेको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण