Good governance is perhaps the single most important factor in eradicating poverty and promoting development."
साकोसमा सुशासनब्यवस्थापन साकोसको नीतिगत व्यवस्था तथा साकोसमा संलग्न व्यक्तिहरूको नैतिक व्यवहार आचरण कार्यशैली र पद्धति विचको तालमेलहो । साकोसको सुशासनको लागि प्रतिबद्धता, आफ्नो काम प्रतिको जवाफदेहिता , सञ्चालक समितिसम्बन्धी व्यवस्था, समिति तथा कर्मचारीहरूको कार्य मूल्याङ्कन, बाह्य लेखा परीक्षक, वार्षिक प्रतिवेदन, सदस्यता तथा साधारण सभा, आचारसंहिताको स्तर, नीतिको पारदर्शिता, कानूनी दायित्व, आचारसंहिता तथा नीतिहरूको पुनरावलोकन संग जोडिएका विषयहरुको समोचित परिपालना र कार्यान्वयको समष्टिगत रुप शुसाशन ब्यवस्थापन भित्र समावेश भएको हुन्छ ।
साकोस संस्थागत दिगो विकासको परिकल्पना :: सदस्यहरूको सम्पूर्ण वित्तीय समाधान सहितको समुदायमा आधारित दिगो वित्तीय संस्था हो । बचत तथा ऋण सहकारी संस्थाहरु वित्तिय क्षेत्रमा कारोवार गर्ने संस्थाहून । वित्तिय क्षेत्र स्वभावत बढी जोखिम हुने सम्वेदनशिल क्षेत्र हो । अव हाम्रो घोषित परिकल्पना साकार पार्न साकोसहरुले आफुलाई कसरी अगाडी बढाउनु पर्ला ? यो आजको आवश्यकता हो । मूल्य मान्यता आचार र विधि भन्दा बाहिर गएर सदस्य संख्या बढाउदैमा , पूजीको आकार ठूलो पार्दैमा , आरामदायी भौतिक संरचना खडा गर्दैमा साकोस दिगो हुन सक्दैनन् यो हामीले बुझ्न आवश्यकछ । सदस्य , पूजी , भाौतिक पूर्वाधार , संस्थागत क्षमता , मानविय संसाधान विकास , नेतृत्वको क्षमता ,समानुपातिक रुपमा विकास गर्न सकिएन भने दिगो संस्थागत विकासको सपना साकार गर्न सकिदैन । संस्थागत पूर्वाधार सदस्यको आवश्यकतामा आधारित हुनु पर्दछ । अझ विर्सनै नहुने महत्वपूर्ण कुरा के हो भने कतिपय कुरा हामीले सिद्धान्त ः स्वीकार गरेका छौ तर त्यसको ब्यवहारिक पक्ष अत्यन्त कमजोर छ । जव सैद्धान्तीक र ब्यवहार विच भिन्नता हुन्छ त्यहा संस्थागत विकास अवरुद्ध हुन जान्छ , तसर्थ साकोसको दिगो संस्थागत विकासका लागि शुसाशन ब्यवस्थापन अनिवार्य सर्त हो । स्वायत्तता र स्वतन्त्रता आत्मअनुशासनको अभावमा विकलांग हुन पुग्दछ । साकोस सञ्चालनमा सम्लग्न संस्थापन र ब्यवस्थापन पक्ष शुसासनको परिपालना र कार्यान्वयनमा यसका विधि र प्रक्रियामा पूर्ण सरिक हुन जरुरी छ ।
सहकारकिो सुशासनका आयामहरुलाई विश्लेषण गर्नुपर्दा यसका चारवटा आयामहरुमा विभक्त गर्न सकिन्छ ः
(१) आन्तरिक सुशासन र जवाफदेहिता ः एउटा सहकारी संस्स्थाले आफ्नो संस्था भित्र आन्तरिक सुशासन र जवाफदेहिता कायम गर्न के कस्ता विधि विधान, प्रणाली र अभ्यासहरु गर्दै आएका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
(२) कार्यक्रम ब्यवस्थापन : सहकारलिे आफ्नो आन्तरिक वा वाह्य सहयोग परिचालन गरी विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्ने गरेका छन् । ती कार्यक्रम वा परियोजनाको ब्यवस्थापन गर्दा के कति मात्रामा सुशासनका मूल्य मान्यताहरु पालना गर्ने गरेको छ ।
(३) मानव संसाधन ब्यवस्थापन ः मानव संसाधन ब्यवस्थापन कुनै पनि संस्थाको अभिन्न कार्य हो । यसको ब्यवस्थापन सुशासनको प्रचलित मूल्य मान्यता र विधिसम्मत ढंगले गर्नु संस्थाको दायित्व भित्र पर्ने कुरा हो ।
(४) वित्तीय श्रोत ब्यवस्थापन
साकोसहरु वित्तिय संस्था भएकाले वित्तीय श्रोतको ब्यवस्थापन के कति प्रभावकारी छ । यो सबै भन्दा संवेदनशिल प्रश्न हो । वित्तीय श्रोत साधनहरुको ब्यवस्थापनको सन्दर्भमा त्यो पारदर्शी, मितब्ययी, उत्पादनमूलक, उद्देश्यमूलक हुन सक्नु पर्दछ । अतिरिक्त निजी लाभ रहित वा कुनै पनि खाले वित्तीय जोखिमबाट मुक्त भई उपलब्ध श्रोत साधन उपयोग हुन सक्दा मात्र संस्था सुशासनयुक्त मान्न सकिन्छ ।
साकोस अर्थात सहकारी स्वनियनकारी संस्था हून् । आफै नियम वनाउछन् आफै पालना गर्छन । संस्थाको सांगठनिक ढाँचामा आन्तरिक नियन्ण प्रणाली छ , जसमा लेखा सुपरीवेक्षण समितिले आन्तरीक परिक्षणको भूमिका निर्वाह गर्दछ । साकोसहरु स्वशासित संस्था हुन् । संस्थाको कार्य सञ्चालन गर्ने तरिका , पद्धति प्रक्रिया र शैलीमा शुसासन प्रतिविम्वीत हुनु पर्दछ । सञ्चालक समिति र ब्यवस्थापनको भूमिका परिभाषित स्पष्ट हुनु पर्दछ । साकोस अभियन्ताहरुले साकोसमा शुसाशन ब्यवस्थापनको गरिमा लाई आत्मसात गर्न जरुरी छ । साकोसमा समोसचत शुसासन ब्यवस्थापन प्रणालीलाई यसरी पनि प्रस्तुत गर्न सकिन्छ ,
मुलत पारदर्शिता, सहभागिता, जवाफदेहिता, विधिको शासन, उत्तरदायिपना, प्रंभावकारीता र कार्यकुशलता, आमसहमती, समता, न्यायेचितता र रणनैतिक दुरदृष्टिलाई सुशासनका तत्वका रुपमा लिने गरिएका छन् यी तत्वहरू मध्ये पारदर्शिता, सहभागिता, जवाफदेहिता, विश्वसनियता प्रक्रियासंग सम्वन्धित छन् भने प्रभावकारिता, कार्यकुशलता, न्यायोचितता, विश्वसनीयता र न्यायको शासान परिणामसंग सम्वन्धित छन् । यी प्रक्रिया र परिणाम संग सम्वन्धित सवै तत्वहरू एक अर्का संग अन्तर सम्वन्धित छन् । एक अर्काका परिपुरकको रूपमा रहेका छन् । यसर्थ साकोस सञ्चालनमा आवद्ध सवै पक्षले यस मार्गचित्रलाई आत्म सात गर्न पर्छ । शुसासनका आधारभूत तत्वहरुको ब्यवहारिक परिपालनाबाट मात्र साकोसहरुमा शुसासन कायम गरि संस्थगत विकास गर्न सकिन्छ । साकोसमा शुसासन ब्यवस्थापनका विधिहरुबारेमा यहा चार्चा गर्ने जमर्को गरिएको छ।
साकोसमा शुसासन ब्यवस्थापनका आधारभूत विधिहरु
साकोसहरु कस्को प्रतिनिधित्व गर्छन् ? के का लागि स्थापना भएका संस्थाहरु हुन ? साकोस सञ्चालनका अन्तराष्टिय सिद्धान्त र विधिहरु परिपालना भएका छन् छैनन ? यी यस्ता यक्ष प्रश्नहरु हुन् जुन प्राय उठ्ने गर्छन् । कतिपय साकोसहरु भित्रको अब्यवस्था र दुरुपयोगका घटनाहरु बेलाबेलामा सार्वजनिक हुने कुराले सहकारी क्षेत्रको विश्वसनीयता माथि शंका गर्ने गरिएको छ । साकोसहरुआफ्ना निर्णयहरु कसरी गर्छन् ? पूजीको परिचालन साच्चिकै सदस्यको आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनका सन्दर्भमा उनीहरुले समाजमा के प्रभाव पारिरहेका छन् ? भन्ने प्रश्नहरु पनि यदाकता उठ्ने गरेको छ । प्रायजसो साकोसहरु पारदर्शी भएन र उनीहरु परिवारवाद फसेको आक्षेप लाग्ने गरेको छ भने भने अर्को तर्फ साकोसहरु स्वनियममा न भै स्वईच्छाचारी भए र विधि नभै ब्यक्तित्व प्रधानता रहयो भन्ने विषयले पनि चर्चा पाएकोछ भने शुसासनका आधारभूत सिद्धान्तहरु पनि परिपालन हुन नसककेको गुनासो बढेकोछ । यद्यपि संख्यात्मकरुपमा यस्ता पक्ष नगन्य होलान तर सहकारी अभियानले राम्रो मात्र हाम्रो भन्न मिल्दैन समग्रमा संस्थागत शुसाशनको पाटोलाई अझ थप शशक्तः वनाउदै सदस्यहरुको जीवनमा सम्वृद्धि हासिल गराउन प्रयत्शिल रहनु आजको अपरिहार्यताहो । जसले सहकारी प्रति जनविह्वास अभिवृद्धि गर्न र संस्थागत विकासमा समेत थप टेवा दिन मद्धत मिल्नेछ ।
साकोसले मुलुकको प्रचलित ऐन कानुन बमोजिम दर्ता गरी कानूनी मान्यता प्राप्त गर्नु पर्दछ । समाजिक मूल्य, मान्यताहरु प्रति संवेदनशिल भई सामाजिक रुपान्तर र विकास प्रति कटिबद्ध रहने र आम समुदायहरुको विश्वास आर्जन गर्दै भावनात्मक मान्यता प्राप्त गर्नु नै साकोस लागि वैधता हुन सक्छ । आफ्नो कामबाट आफ्नो अस्तित्वलाई जीवन्त राख्नु र सामाजिक औचित्यता प्रमाणित गर्नु नै सहकारीको सन्दर्भमा वैधता हुन सक्छ । लोकतान्त्रिक मूल्य मान्यता र विधि मार्फत यसको गठन र पुनगर्ठनको अभ्यास सहकारी सुशासनको अनिवार्य शर्त हो । संस्थाको सदस्यता वितरण प्रणालीलाई खुला राख्नु पर्दछ भने आवद्ध संघहरु संगको सदस्यता नविकरण अध्यावधिक राखिनु पर्दछ । संस्थाको नियमित रुपमा साधारण सभा गरिनु पर्दछ भने अधिवेशन मार्फत लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने अभ्यास अपरिहार्य छ । साधारण सभामा सदस्यहरुको निर्णायक सहभागितालाई अभिवृद्धि गर्न आवश्यक छ ।
साकोसहरु नीति विधि र प्रविधि मार्फत सञ्चालन र ब्यवस्थापन हुनु पर्दछ । साकोसहरु विधिको शासनमा विश्वास गर्छन् र कानूनी राज्य र संवैधानिक सर्बोच्चतामा विश्वास गर्छन । संस्था सञ्चालन ब्यक्तिको हैन र विधिको प्रधानतामा हुनु पर्दछ भन्ने सहकारीको मान्यता भएको हुँदा यसै मान्यतालाई साकोसहरुले आफ्नो संस्थागत जीवनमा पनि पूर्ण परिपालन गर्नु पर्दछ । सहकारीहरुले गर्ने हरेक कार्यहरु विधान सम्मत हुनु पर्दछ भने संस्थालाई ब्यवथित र प्रणालीसंगत गर्नको लागि लोकतान्त्रिक प्रक्रियाबाट आवश्यक नीति, नियम, निर्देशिका र कार्यविधिहरुको विकास गर्नु पर्दछ । तर ती नीति नियम भने भेदभाव रहित, लोकतान्त्रिक र सदस्यहरुको सर्वोचच्तालाई सम्मन गर्ने र सहकारी मूल्य मान्यता मा आधारित हुनु पर्द छ भने तिनहरुको अक्षरस पालना गर्ने अभ्यास गरिनु पर्दछ ।
सहकारी सञ्चालको आफ्न्ै संगठनात्मक ढाचा काम कर्तब्य र अधिकार काननुत परिभाष्ति गरिएकोछ । संस्थालाई सुब्यवस्थितरुपमा सञ्चालन गर्नको लागि संस्थागत संरचनाका विभिन्न तहमा भूमिका, जिम्मेवारी र अधिकारका पृथकीकरण गर्नुपर्ने हुन्छ । सञ्चालक समिति र ब्यवस्थापनको भूमिका स्पक्ष्ट पारिनु पर्दछ । सञ्चालकहरु पूर्ण स्वयंसेवीवादमा विश्वास राख्ने हुन पर्छ । कार्यकारी सञ्चालकहरुवाट निर्वाह ुहने दोहोरो भूमिकाले संस्थागत शुसासनलाई प्रभावित पार्ने कुरामा सजग रहनु अत्यावश्यक छ । न्यायोचित रुपमा भुमिका र अधिकार पृथकीकरणलाई प्रयोगमा ल्याउँदा संस्थामा हुन सक्ने अनियमितता र एकाधिकारवादले स्थान पाउँदैन । यस अन्तरगत सञ्चालक समिति भित्र पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाँडफाँड र समिति तथा ब्यवस्थापन समुह बीचको भुमिका र अधिकारको स्पष्ट परिभाषित गरिनु जरुरी हुन्छ । संस्थाका कुनै पदाधिकारी वा सदस्य वैतनिक कर्मचारीको रुपमा काम गर्ने अभ्यास गरिनु हुन्न ।
सहकारकिो निर्णय, प्रक्रिया, पद्धति र श्रोत साधनहरुको अवस्था र उपयोगिता सम्बन्धी सूचनाहरुबारे सर्वसाधारण तथा सरोकारवाला निकाय तथा ब्यक्तिहरुलाई जानकारी गराउने, ती सूचनाहरुमा उनीहरुको सहज पहुँच गराउनको लागि संस्थाले अवलम्बन गर्ने विधि, प्रक्रिया र अभ्यासहरुनै सहकारकिो लागि पारदर्शिता हो । सदस्यहरुको सूचनाहरुमा पहुँच उनीहरुको अधिकार हो तसर्थ साकोसहरु पारदर्शी बन्नु पर्ने सहकारकिो प्रमुख दायित्व नै हो । नियमित वित्तिय विश्लेष्ण र नतिजा को विश्लेष्ण आन्तरिक परिक्षण र आवश्यक प्रतिवेदनहरु सम्वन्धित निकायमा नियमित पठाउने र पृष्ठपोष्ण ग्रहण गर्ने परिपाटि बाट संस्थाको पारदर्शिता स्पष्ट हुन्छ ।
निश्चितरुपमा सदाचारमा रहनु कठिन काम हो किनकी यो नैतिकता र चरित्रसँग सम्बन्धित ब्यवहारिक कुरा हो । सहकारीकर्मीहरु ब्यक्तिगत स्वार्थबाट मुक्त भएर संस्थामा काम गर्नु पर्दछ, कुनै पनि खाले भ्रष्ट आचरणबाट मुक्त रहनु पर्दछ भने संस्था स्वयं सदाचार युक्त रहनु पर्दछ । निजी फाइदाको लागि श्रोत साधनहरु हिनमिना गर्ने, ठगी गर्ने, लुकाउने आदि भ्रष्ट कार्यहरु हुन । शक्ति र अधिकारको दुरुपयोग गर्नु नातावाद , गुटगत निर्णय पनि भ्रष्ट आचरण भएको हुँदा साकोसहरुमा विशेषत अभियन्ताहरु ले सार्वजनिक ब्यक्ति सार्वजनिक आचारण प्रस्तुत गरि यस्ता कुराहरुबाट पृथक रहनु पर्दछ ।
सहकारी सुशासनको सन्दर्भमा सहभागिता भनेको प्रजातान्त्रिक पद्धति र अभ्यास हो । सहकारकिो सन्र्दमा सहभागिता कुरा गर्दा संस्थाका सदस्यहरुको निर्णय प्रक्रियामा सहभागिता र सदस्यहरुको आर्थिक सहभागित अर्थात पूजिको सिर्जना र उपयोगिता सदस्यहरुमा केन्द्रीत हुनु पर्दछ । उपयोगितामा अर्थात सदस्यहरु संस्थाको सेवा र लाभको प्राप्तिमा सबैको समान सहभागिता महत्वपूर्ण हुन्छ । सदस्यहरुलाई संस्थाको हरेक क्रियाकलापमा अविछिन्न सहभागिता हुने वातावरण र प्रत्याभूति निितगत रुपमा विकास गरेर अगाडी बढ्नु बढाउनु पर्दछ ।
जात, जाति, धर्म, पेशा, वर्ण, क्षेत्र र लिंगको भेदभाव नराखी क्षमता, दक्षता र प्रतिबद्धताका आधारमा स्वःस्फूर्त रुपमा संस्थामा प्रतिनिधित्व हुने वातावरण सृजना गर्नु असल संस्थाको चरित्र हो । यसका लागि प्रतिनिधिहरुलाई प्रोत्साहित गर्न अभ्यास गराउने सिकाउने वातावरण समेत हुनुपर्दछ । सहकारलिाई समावेशी प्रकृतिको बनाउन अधिकतम प्रयत्न गरिनु पर्दछ । यसले अन्तत्वगत्वा संस्थाको दीगोपनामा योगदान पु¥याउँदछ भने सामाजिक सदभाव कायम राख्न पनि सहयोग पु¥याउँदछ । सहकारी आफैमा एक सामाजिक संस्था भएकाले यो समाजको एकताको प्रतिकको रुपमा विकास गर्नु पर्दछ । समुदायका सवै मानिसहरुले हाम्रो संस्था भन्ने अपनत्व विकास गराउन संस्थाकना हरेक क्रियाकलापमा सवैको निश्पक्ष सहभागित हुन सक्ने वातावरण निर्माण गर्नु पर्दछ ।
साकोसहरु स्वावल्म्वनका लागि स्थापित संस्था हुन् । वित्तिय सक्षमता हासिल न भै साकोसहरुको दिगो विकास सम्भव छैन । संस्थाको उद्देश्य मुताविक अधिकतम सदस्इहरुको आवश्यकताहरु परिपूर्ति गर्नुले संस्थाको सक्षमता र प्रभावकारिता पुष्टि हुन्छ । सक्षमता संस्थाको क्षमतासँग सम्बन्धित हुन्छ भने उपलब्ध श्रोत साधन परिचालन गरी लक्षित र आसातित परिणामहरु हासिल गर्न सक्नु प्रभावकारितासँग सम्बन्धित हुन्छ । सक्षमताको लागि संस्थागत क्षमताको समीक्षा गरिनु पर्दछ भने क्षमतास्तरमा गुणात्मक सुधारका कार्यहरु गरिनु पर्दछ ।
प्रभावकारी भन्ने पक्ष संस्थाका कार्य , कार्यशैली र मानविय ब्यववहारवाट अनुभूत हुने कुरा हो । त्यसकारण साकोसमा ब्यवस्थापन गरिने मानविय संंसाधन संग सेवाको प्रभावकारीता जोडिएको हुन्छ । सक्षमत मानव संसाधनको ब्यवस्थापन परिचालन र आवश्यक श्रोत साधनको उपलब्धता महत्वपुर्ण हुन्छ । मानवीय श्रोत विकास र परिचालनका नीति, निर्देशिका र कार्यक्रहरु प्रष्ट र पालना हुन सकेमा सक्षमता र प्रभावकारिताको पुष्टि हुन्छ ।
सहकारीलाई असमानता भेदभाव अवसरवाट वञ्चित वर्ग, समुदाय तथा क्षेत्रलाई अरु सरह समानस्तरमा ल्याउनका लागि पूलको रुपमा परिकल्पना गरिएको छ । समाजमा हुदाखाने र हुने खाने विचको खाडललार्य मेटाउन सहकारीता अचुक माध्य भएकोले यसका लागि संस्थामा गरिने नीतिगत ब्यवस्था र पद्धति नै समता हो । यो सामाजिक न्यायसँग सम्बन्धित छ । सकारात्मक विभेदको नीति मार्फत पछाडि परेका र पारिएका वर्ग, क्षेत्र, लिंग र समुदायरुलाई न्यायोचित स्थान दिनु र कार्यक्रमहरु लक्षित गरिनु पर्दछ । यसर्थ, सहकारी नीति, कार्यक्रम र कार्यसम्पादनले सामाजिक न्यायलाई योगदान पु¥याउन सक्नु पर्दछ । साकोसहरुले समुदायका सवै मानिसहरुको सहज पहुचको सुनिश्चिता गर्न सक्नु पर्दछ ।
सहकारी नेतृत्वले शुसाशन निर्माणमा ध्यानदिनु पर्ने कुराहरु
टीमको निर्माण (त्भबmष्लन)ः साझा उद्देश्यको लागि सदस्यहरु, बोर्ड, व्यवस्थापक र कर्मचारीहरुले प्रभावकारी रुपमा कार्य गर्ने, समूह संस्कृति ( नचयगउ अगतिगचभ )को निर्माण गर्ने जस्बाट निजहरुको काम र आफै उत्तरदायी हुने संस्कार विकास होस
जवाफदेहीमूलक सशक्तिकरण (ब्अअयगलतबदभि भ्mउयधभचmभलत)ः समुदायलाई सशक्तिकरण गर्नको साथै सुशासन सिर्जना गर्ने, आदर्श अवस्था भनेको नीत विधि र पविधि मा सञ्चालन
रणनीतिक नेतृत्व (क्तचबतभनष्अ ीभबमभचकजष्उ) ः संगठनको दूर गन्तव्य वा दिशा निर्देश गरी वा निर्माण गरी संगठनलाई त्यस तर्फ डोर्याउने, नेतृत्वमा ज्ञान, सूचना र विवेक हुनु आवश्यक ख्ःन्इक्ब्
लोकतन्त्र (म्झयअचबअथ सचालक समितिले सहकारीको प्रजातान्त्रिक प्रकृतिको अभ्यास, संरक्षण, सम्बद्र्धन, र निरन्तरता दिनु पर्दछ र सबै सदस्यहरुलाई सम्पति, लगानी, मूल्य र मान्यता वा संरक्षणको बावजूद सहकारीमा सहभागी हुने अधिकार हुनु पर्दछ
सुशासन ब्यवस्थापनमा सुपरिवेक्षण समितिको भूमिका
सहकारी संघ÷संस्थाहरू समुदायद्वारा स्थापित सदस्यहरू द्वारा व्यवस्थापन र नियन्त्रण गरिने संगठनहरू हुन् । सहकारी संघ÷संस्थाको संचालन तथा व्यवस्थापनका निमित सञ्चालक समितिको भूमिका महत्वपूर्ण हुन्छ । सञ्चालक वा व्यवस्थापन पक्षद्वारा गरिएका काम कार्वाहीहरूको अनुगमन तथा नियमन गर्ने गरी सहकारीमा लेखा सुपरिवेक्षण समितिको व्यवस्था गरिएको हुन्छ । लेखा सुपरिवेक्षण समितिले संघ÷संस्थाको आन्तरिकरुपमा अनुगमन, नियमन गरी संगठनलाई सही मार्गमा डो¥याउने भूमिका खेल्ने कार्य गर्दछ । यसैले स्वनियमनको पाटोमा सहकारीहरूमा सबैभन्दा सशक्त भूमिका निभाउने निकाय लेखा सुपरिवेक्षण समिति हो । सदस्यहरूको वचत र सेयर लगायत सेवा सुबिधाको विषयलाई अनुगमन गर्ने र सदस्य तथा संस्थाको हित रक्षा गर्ने सहकारीको महत्वपूर्ण अङ्ग लेखा सुपरिवेक्षण समिति हो । संघ÷संस्थाको जिवन्तताका निमित यस समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेकाले सहकारीमा लेखा सुपरिवेक्षण समिति बिनाको संगठनको परिकल्पना पनि गर्न सकिन्न ।
सहकारी संघ÷संस्थामा रहने सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति दुवै संस्था संचालन, व्यवस्थापन तथा अग्रगतिका महत्वपूर्ण निकायहरू हुन् । सञ्चालक समिति र व्यवस्थापनले गरेका काम, कार्वाहीहरू कत्तिको प्रभावकारी छन् । प्रचलित, ऐन, नियम, विनियम, नीति, निर्देशिका बमोजिम चलेका छन्, छैनन् अधिकारको प्रयोग, जिम्मेवारीप्रतिको सजगता के कस्तो छ भन्ने कुराको जा“च गर्ने लेखा सुपरिवेक्षण समिति बाहेक अर्को निकाय संस्थाभित्र रह“दैन । सञ्चालक समितिले गर्ने कामहरूको परीक्षण गरी व्यवस्थित र नियमस·त ढङ्गले अघि बढाउने अङ्ग लेखा सुपरिवेक्षण समिति हो । सञ्चालक समितिले गरेका काम कुराको निरीक्षण गरी मूल्याङ्कन गर्ने, आवश्यक नियन्त्रण र सन्तुलनको भूमिका निर्वाहा गर्ने अङ्ग लेखा सुपरिवेक्षण समितिको सक्रीय भूमिकामा मात्र व्यवस्थित रुपले सहकारीको मर्म अनुसार संचालन हुन सक्ने भएकाले यी दुवै एक अर्काका परिपूरक हुन् । साधारण सभाद्वारा निर्वाचित तथा उत्तरदायित्व वहन गर्ने संघ÷संस्थाका शिखर अङ्ग दुवै भएको, दुवैको हैसियत बराबर भएकाले पनि कुनैलाई कम वा वेशी महत्व दिनु वा आक्“नु हुन्न । लेखा सुपरिवेक्षण समिति संघ÷संस्थाको स्वस्थताका निमित्त यसकारण अपरीहार्य अङ्गका रुपमा रहेको देखिन्छ ।
लेखा सुपरिवेक्षण समितिको भमिका
सहकारी संघ÷संस्थाको दैनिक कार्यसंचालन गर्ने अङ्ग सञ्चालक समिति हो । सञ्चालक समितिको व्यवस्थापनमा संस्थाको दैनिक काम कार्वाही व्यवस्थित हुन्छ । तर लेखा सुपरिवेक्षण समिति भने दैनिक कार्य संचालन गर्ने निकाय होइन । यो समिति त कार्य संचालन कसरी भएको छ । कमी कमजोरीहरू के कस्ता छन् ? तिनलाई सुधार गर्नका लागि सञ्चालक समिति र व्यवस्थापनलाई निरन्तर राय, सल्लाह सुझाव दिने, सञ्चालक समितिले सुधार नगरे यथार्थ स्थिति साधारण सभा समक्ष प्रस्तुत गरी संस्थालाई ठीक गतिमा लैजाने समिति हो । यसैले यो आन्तरिक सुपरिवेक्षण, नियन्त्रक र लेखा परीक्षक, मार्गदर्शन गर्ने अ· हो । यसको कार्यक्षेत्र सम्वन्धित संघ÷संस्थाको सम्पूर्ण पाटो हो । यद्यपी यसलाई सूत्रबद्घ गर्दा लेखा सुपरिवेक्षण समितिको कार्यक्षेत्रलाई यसरी उल्लेख गर्न सकिन्छ ।
३.१ सुपरिवेक्षकका रुपमाः
सुपरिवेक्षकका रुपमा लेखा सुपरिवेक्षण समितिले निम्न भूमिका निर्वाहा गर्नु पर्छ ।
३.२ आन्तरिक नियन्त्रकका रूपमाः
३.३ आन्तरिक लेखा परीक्षण गर्ने अङ्गका रुपमाः
३.४ मार्ग दर्शक अङ्गका रूपमा ः
लेखा सुपरिवेक्षण समितिको भूमिका सुपरिवेक्षण गर्ने, आन्तरिक नियन्त्रण गर्ने र आन्तरिक लेखा परीक्षण मात्र गर्ने मात्र नभएर संघ÷संस्थाको संचालन, व्यवस्थापन तथा समृद्धिका निमित्त मार्गदर्शक अङ्गका रुपमा पनि रहनु पर्दछ । सञ्चालक समिति संघ÷संस्था संचालन गर्ने मुख्य अङ्ग हुदा“ हु“दै पनि लेखा सुपरिवेक्षणले संस्थाको समृद्विका लागि आवश्यक मार्गदर्शक अङ्गका रूपमा रही मार्गदर्शन गर्न सक्छ । ती विषय निम्न हुन सक्छन् ।
अतः नीत विधि र आचार संहिताको निर्माणबाट संस्था सञ्चालन गरि साकोसमा शुसासनको कार्यढाचालाई संस्थागत गर्न सकिन्छ । यसवाट संस्थाको क्षमतामा सुधार हुने , वित्तीय सक्षमता बृद्धि गनै सघाउ पुग्ने , संस्थाको छविमा बृद्धि, र विकास हुने , संस्थाका सदस्यहरुद्धारा संस्थाको ब्राण्ड प्रति अपनत्व विकास भै संस्थागत विकासमा टेवा पुग्दछ । यसवाट अििभयानको अभियन्ताहरुको छवि र गरिमा पनि उच्च वन्न जानेछ ।
नेपालको साकोस अभियानलाई मर्यादित रसुशासितवनाउन नेफ्रसुनले २५ बुदे मार्गदर्शन समेत जारी गरि आफ्ना सदस्य संस्थाहरुलाई सजग र शुसरचित गर्दे आएकोछ । यो मार्गदर्शनको परिपालना मात्र गर्न साकोसहरु प्रतिवद्ध हुन सके संस्थाहरुमा जोखिम न्युनीकरण भै सुशासन कायम हन सहज हुन्छ । संस्थागत नमूना नीतिहरुको विकास , संत्तचालक स्वमूल्याकंन पद्धति , साकोस सत्तचालनका समाधानहरु का साथै शुसाशन सम्वन्धि तालिमहरुका माध्यमवाट साकोसहरुमा शुसासन प्रवर्धन गर्न प्रयास गरिएको छ साकोस एकरपता प्रणाली मार्फत कैन्द्रका् नीतिगत प्रधानता र साकोसहरुमा कार्यगत सवत्तताको मर्ममा अधार भएर अव नेपालको साकाृस अभियान एकै रंग र एकै ढंगवाट अगाडी बढाउने कार्य सूरु भएको छ । अर्था अव साकोस अभियान समान नीति विधि र प्रविधिलाई अवलम्वन गरि शसासित मर्यादित जोखिम रहित रुपबाट अगाडी बढ्नेछन् । साकोसहरुमा शुसाशन कायम भै संस्थागत विकस हुने अपेक्षा रहेकोछ ।
अतः नीत विधि र आचार संहिताको निर्माणबाट संस्था सञ्चालन गरि साकोसमा शुसासनको कार्यढाचालाई संस्थागत गर्न सकिन्छ । यसवाट संस्थाको क्षमतामा सुधार हुने , वित्तीय सक्षमता बृद्धि गनै सघाउ पुग्ने , संस्थाको छविमा बृद्धि, र विकास हुने , संस्थाका सदस्यहरुद्धारा संस्थाको ब्राण्ड प्रति अपनत्व विकास भै संस्थागत विकासमा टेवा पुग्दछ । यसवाट अििभयानको अभियन्ताहरुको छवि र गरिमा पनि उच्च वन्न जानेछ ।