शुक्रबार, वैशाख १४
१०:३७

बचत ऋण अभियानमा स्थिरीकरण कोष

बिहीबार, साउन ३०
saccosaawaj

अवधारणा    
बचत तथा ऋण सहकारीहरु सदस्यमा आधारित वित्तीय सहकारीहरु हुन् । बचत ऋण सहकारीहरुले सदस्यका आवश्यकताका वित्तीय सेवाहरु सदस्यमा आधारित भइ विकास तथा प्रवाह गरि रहेका हुन्छन् । बचत ऋण सहकारीहरुको सञ्चालन सहकारी सिद्धान्त, मुल्य, मान्यता तथा असल अभ्यासहरुवाट निर्देशित भएको हुन्छ । अन्तराष्ट्रिय सहकारी महासंघ तथा विश्व ऋण परिषद्का मार्ग दर्शनमा बचत ऋण अभियान सञ्चालन भएको पाइन्छ । बचत ऋण अभियानमा वित्तीय बजारको राम्रो नराम्रो वातावरणको प्रत्यक्ष प्रभाव परेको हुन्छ । नेपाल जस्तो विकासशिल देशको वित्तीय वातावरण स्थिर नरहने र वित्तीय बजारमा देखिने अस्थिरताको प्रभाव बचत ऋण सहकारीहरुमा पर्ने, संख्यात्मक हिसाबमा अत्याधिक बढि रहेका बचत ऋण सहकारीहरुको व्यवसायिक छबी सुधार तथा सुरक्षण आजको सबैको सरोकारवालाहरुको चिन्ताको बिषय भएकोछ । 

    सदस्यहरुको बढ्दो सहभागिताले बचत ऋण सहकारीले समुदायमा पहुँच त विस्तार हुंदै गएको छ तर यसको दीगो व्यवस्थापन तथा  वित्तीय स्थिरताको लागि अभियान भित्र नै अलग्गै संरचनाको विकास नगर्ने हो भने वित्तीय बजारको सानो समस्याले पनि बचत ऋण अभियान कमजोर हुन सक्ने सम्भावना रहेकोले बचत ऋण अभियानलाई सवल र सदस्य सहभागितामा व्यवस्थापन गर्न स्थिरीकरण कोषको अवधारण अगाडि सारेको पाइन्छ । सहकारी ऐन २०७४ को दफा १०३ ले स्थिरीकरण कोषको अवधारणालाई स्वीकार गरेकोछ । अभियानको अलग्गै कोषको रुपमा विकास गर्न खोजिएको स्थिरीकरण कोषमा खुद बचत पछि मात्र श्रोत व्यवस्थापन हुने अवधारणाले कमजोर व्यवस्थापनमा संचालन भएको बचत ऋण अभियानको समग्र संरक्षणको जिम्मा लिन कठिन हुने भए पनि शुरुवातको अवसरको रुपमा  ऐनले व्यवस्था गरेकोछ । 

    स्थिरीकरण कोष अभियानको जगेडा कोष हो । यस कोषमा भएको रकम अभियानको संरक्षणको लागि परिचालन गरिन्छ अथवा यसलाई यात्रामा गाडीको अतिरिक्त पाङग्राको रुपमा लिन सकिन्छ । बचत ऋण अभियानले समग्र अभियानको संरक्षण तथा प्रबद्र्धनको लागि स्थिरीकरण कोषको स्थापना गरि स्व संरक्षणको अवधारणलाई सफल बनाउनु पर्ने हुन्छ । यसको अवधारणा सफल बचत ऋण अभियान भएका देशहरुमा सफल भइ सकेको पाइन्छ । अमेरिका तथा ब्राजिल लगायतका देशहरुमा स्थिरीकरण कोष ठुलो वित्तीय समस्यावाट बाहिर आउन अभियानले आफै स्थापना गरेको कोष हो । यसले बचत ऋण सहकारीहरुको छबी बढाउन सहयोग गरेकोछ ।
कोष सञ्चालनका सामान्य सिद्धान्तहरु

स्थिरीकरण कोष अभियानको सहभागिता र नेतृत्वमा स्थापना तथा विकास गरिने कोष हो । यसमा अभियानका स्वमित्व र सहभागिता ज्यादै महत्वपूर्ण हुन्छ । समान्यतया कोषले नियमित योगदान गरेका संस्थाहरुको वित्तीय स्थितिमा भएका समस्याहरुको समाधानका लागि मात्र वित्तीय सहयोग गर्ने गर्दछ । कोषमा नियमित योगदान नगर्ने बचत ऋण सहकारीहरु यस कोषको लाभ पाउन नसक्ने हुन्छ । कोषले सर्वमान्य सामान्य जोखिममा आधारित संस्था सुपरिवेक्षणका सिद्धान्तहरुको आधारमा आबद्ध संस्थाहरुको सुपरिवेक्षण गरि सामान्य जोखिम भएका संस्थाहरुको वित्तीय स्थितिको सुरक्षण गर्ने गर्दछ । अभियानमा सामान्य जोखिमको अवस्थामा नरहेका संस्थाहरुको जोखिम न्यूनीकरणका लागि कार्यक्रमहरु विकास गरि निरन्तर स्तरउन्नतिका लागि कार्यक्रमहरु सञ्चालन गर्दछ ।
कोषले प्रवाह गर्ने वित्तीय सेवाका समय सिमा निर्धारण गरिएको हुन्छ । बचत ऋण सहकारी सञ्चालनका मानकहरु विकासमा पनि यस कोषले महत्वपूर्ण योगदान गर्न सक्दछ । मानक भित्र सञ्चालन नभएका बचत ऋण संस्थाहरुको संरक्षण यस कोषले गर्दैन । कोषको व्यवस्थापन सहजिकरण गर्ने प्रणाली पनि अर्को महत्वपूृर्ण पक्ष हो । 

कोषको उपयोग

    कोषको उपयोग आबद्ध साकोसहरुको संरक्षणमा नै परिचालन गरिएको हुन्छ  र बाँकी रहेको श्रोतहरुको परिचालन वित्तीय प्रणाली भित्र नै रहेको हुन्छ । सामान्यतया यस कोषको काम भनेको आबद्ध संस्थाको तरलता कायम राख्न र समस्याग्रस्त संस्थाको बचाउको लागि सापटी दिने, आबद्ध संस्था समस्याग्रस्त भई त्यस्तो संस्थाको सञ्चालनको जिम्मेवारी संघले लिएको अवस्थामा त्यस्तो संस्थाको दायित्व भुक्तानी लगायत पुनः सञ्चालनमा उपयोग गर्ने, कोष सञ्चालन समितिको खर्च व्यहोर्ने, आबद्ध संस्थाको अनुगमन, सुपरिवेक्षण तथा प्रविधि विकास र यसको व्यवस्थापनका लागि उपयोग गर्न कोषको उपयोग गरिन्छ तर यस कोषको दायित्व आम्दानी संघको नियमित आम्दानी वा दायित्वम समाबेश नहुने गरि व्यवस्थापन संरचनाको विकास गरिएको हुन्छ । 

कोषवाट सम्पादन हुने कार्यहरु

नेपालको सन्दर्भमा कोषको मुख्य कार्य भनेको तटष्थ रुपमा बचत ऋण सहकारी सञ्चालनका मानकहरुको विकासमा सहयोग गर्ने हो । हाल नेपालमा सरकार कुनै न कुनै रुपमा सहकारी नियन्त्रणको अभ्यासमा छ भने अभियान स्वच्छ व्यवसायिक अभ्यास भन्दा बाहिर रहेका सदस्यहरुको पनि सहभागिता रहेकोछ । त्यसैले दुबैको सन्तुलनको लागि मानकहरु विकासमा यस कोषको महत्वपूर्ण भुमिका रहन सक्दछ । त्यस्तै आबद्ध साकोसहरुको वित्तीय प्रणाली स्थिर राख्न वित्तीय सहायता तथा सवलिकरणका कार्यक्रमहरु विकास गरी सञ्चालन गर्नु यस कोषको कार्य हुनु पर्दछ । अभियानमा विद्यमान तथा भविष्यमा हुन सक्ने जोखिमहरुको विश्लेषण गरि व्यवस्थापनका विधिहरुको विकास गर्ने कार्य पनि स्थिरीकरण कोषको कार्य हो ।
वासलातमा टाट उल्टेका सकोसहरुको लागि वित्तीय सहायता तथा व्यवस्थापनमा समस्या रहेका साकोसहरुको लागि व्यवस्थापन सहजिकरण उपलब्ध गराउनुको अलावा यस कोषले अभियानको सुदृढीकरणका लागि एकिकरण जस्ता अभियानको पनि नेतृत्व लिन सक्दछ । स्थिरीकरण कोष सामुहिक सुरक्षाकवच हो यसले अभियानको संरक्षणको लागि यो सहकारीको एकका लागि सबै र सबैका लागि एक को भावनाको वास्तविक व्यवहारिक अभ्यास पनि हो । स्थिरीकरण कोषले वित्तीय स्थितीको नियमित सुपरिवेक्षण गुर्नु सो को सूचना साकोस अभियानलाई प्रदान गर्नु र सो को आधारमा अभियानलाई सुरक्षित बनाउनु आजको आवश्यकता हो ।

कोषले सुरक्षा गर्न नसक्ने अवस्था

    सहकारी ऐन २०७४ तथा नियमावली २०७५ ले इच्छुक बचत ऋण सहकारीहरु सहभागी हुन पाउने व्यवस्था गरेकोछ । यसवाट सबै बचत ऋण सहकारीहरु स्थिरीकरण कोषमा आबद्धताको लागि बाटो खुलेकोेछ तर कोषको समान्य सिद्धान्त के हो भने वित्तीय रुपमा समस्यामा परेका वा खुद सम्पत्तिको मुल्य नकारात्मक भएका वा सदस्यहरुको तिर्नु पर्ने दायित्व सम्पत्तिले धान्ने अवस्था नभएका साकोसहरुको दायित्व यस कोषले धान्न सक्दैन । कोषले तोकेको मानक भन्दा बाहिर सञ्चालनमा रहेका साकोसहरुमा पनि तत्काल कोषले दायित्व बहन गर्न कठिन हुन सक्दछ । स्थिरीकरण कोषको श्रोत सानो र समस्या ज्यादै ठुलो भएकोले यस कोषले अभियानको सुरक्षा गर्न योगदान बढाउन अभियान पछि पर्नु हुंदैन किनकी कोषको रकम खर्च भएर जाने होइन परिचालन र संचिती मात्र हुने हुनाले यसमा कठिनाई मान्नु पर्ने कारण छैन ।

कार्यान्वयनका मार्गचित्र

    स्थिरीकरण कोषलाई प्रभावकारी र अभियानले खोजेको जस्तो रुपमा विकास गर्न देहायका कार्यहरु गर्नु पर्ने हुन्छ ।

क. सरल आबद्धताको प्रक्रियावाट सबै बचत ऋण सहकारीहरु आबद्ध हुने वातावरणको विकास गर्ने ।
ख. आबद्ध साकोसहरुको जोखिम लिश्लेषण गर्ने संयन्त्रको विकास संघ भित्र गर्ने र सो को लागि अभियान तयार रहने ।
ग. प्रबिधिमा आधारित सुपरिवेक्षण प्रणालीको तुरुन्त विकास गर्ने ।
घ. सदस्य साकोसहरुले वास्तविक वित्तीय विवरण निर्माण गर्ने । 
ङ. शुरुमा लागतमा आधारित भए पनि जोखिम सुपरिवेक्षणम सहभागी हुने ।
च. अभियानको स्वामित्व कोष सञ्चालनमा कायम राख्ने ।
छ. ऐन परिमार्जन गरि वासलातको आधारमा योगदान गर्ने प्रणाली स्थापित गर्ने ।
ज. सबै बचत ऋण सहकारीहरु अनिवार्य सहभागी हुने ।


    अभियानको स्वामित्व तथा अभियानको नेतृत्वमा स्थिरीकरण कोष सञ्चालन आजको आवश्यकता हो । यो कोष सरकारी कोष होइन अभियानको कोष हो । यसको मुल भावना भनेको बचत ऋण सहकारीहरु समस्यामा नपरुन् र परेमा पनि सहज व्यवस्थापनको प्रणाली स्थापितहोस् भन्ने भएकोले सहभागी भइ योगदान गर्न र यसको लाभ लिनु बचत ऋण सहकारीहरुको दायित्व र अवसर दुबै हो ।
 

saccosaawaj media

साकोसमा वस्तु तथा सेवा विकास, दीगो साकोस निर्माणको आधार

बिहीबार, साउन ३०

नेपालको सहाकरी अभियानको संख्यात्मक विकास संगै थुप्रै सकारात्मक र नकारात्मक प्रभावहरुसमेत देखिएका छन् । संस्था खोल्नु भन्दा जोगाउने चुनौति छ । हाल नेपालमा कुल ३४८३७ सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा रहेकोमा १४ हजार हाराहारी (यकिन तथ्याङ्क प्रकाशन हुन बाँकी) बचत तथा ऋण सहकारी संस्थाहरु रहेकाछन् । ४ हजार भन्दा बढी संख्यामा रहेका बहुउद्देश्यीय र ९ सयको संख्यामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुसमेत बचत तथा ऋणको कारोबारमा केन्द्रित छन् ।

saccosaawaj media

बचत ऋण अभियानमा स्थिरीकरण कोष

बिहीबार, साउन ३०

बचत ऋण सहकारीहरुले सदस्यका आवश्यकताका वित्तीय सेवाहरु सदस्यमा आधारित भइ विकास तथा प्रवाह गरि रहेका हुन्छन् । बचत ऋण सहकारीहरुको सञ्चालन सहकारी सिद्धान्त, मुल्य, मान्यता तथा असल अभ्यासहरुवाट निर्देशित भएको हुन्छ । अन्तराष्ट्रिय सहकारी महासंघ तथा विश्व ऋण परिषद्का मार्ग दर्शनमा बचत ऋण अभियान सञ्चालन भएको पाइन्छ । बचत ऋण अभियानमा वित्तीय बजारको राम्रो नराम्रो वातावरणको प्रत्यक्ष प्रभाव परेको हुन्छ । नेपाल जस्तो विकासशिल देशको वित्तीय वातावरण स्थिर नरहने र वित्तीय बजारमा देखिने अस्थिरताको प्रभाव बचत ऋण सहकारीहरुमा पर्ने, संख्यात्मक हिसाबमा अत्याधिक बढि रहेका बचत ऋण सहकारीहरुको व्यवसायिक छबी सुधार तथा सुरक्षण आजको सबैको सरोकारवालाहरुको चिन्ताको बिषय भएकोछ । 

saccosaawaj media

साकोसमा शुसासन ब्यवस्थापन र लेखा सुपरीवेक्षण समितिको भूमिका

बिहीबार, साउन ३०

साकोसमा  सुशासनब्यवस्थापन  साकोसको नीतिगत व्यवस्था तथा साकोसमा संलग्न व्यक्तिहरूको नैतिक व्यवहार  आचरण कार्यशैली र पद्धति विचको तालमेलहो  । साकोसको सुशासनको लागि प्रतिबद्धता,  आफ्नो काम प्रतिको जवाफदेहिता , सञ्चालक समितिसम्बन्धी व्यवस्था, समिति तथा कर्मचारीहरूको कार्य मूल्याङ्कन, बाह्य लेखा परीक्षक, वार्षिक प्रतिवेदन, सदस्यता तथा साधारण सभा, आचारसंहिताको स्तर, नीतिको पारदर्शिता, कानूनी दायित्व, आचारसंहिता तथा नीतिहरूको पुनरावलोकन संग जोडिएका  विषयहरुको समोचित परिपालना र कार्यान्वयको समष्टिगत रुप शुसाशन ब्यवस्थापन  भित्र समावेश भएको हुन्छ ।