शुक्रबार, वैशाख १४
१०:०७

सुनचाँदी साकोसको अध्यक्षमा रुवीन रामुदामु 

शुक्रबार, असोज ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा रुवीन रामुदामु चयन हुनु भएको छ । साकोसको १० औं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनले रामुदामुलाई सर्वसम्मत चयन गरेको हो । 

सञ्चालक समितिको उपाध्यक्षमा टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, कोषाध्यक्षमा प्रेमप्रकाश रामदाम, सहसचिवमा ऋतु विश्वकर्मा र सह कोषाध्यक्षमा बिक्रम घिमिरे चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा उत्सव खाती, रुपा बराली, सरिता भट्टराई वि.क., गुण बहादुर रामुदामु र जुना सुनार चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा त्रिलोक भि.के. सदस्यहरुमा मोहन सुनार र आशिष रामदाम चयन हुनु भएको हो ।

साकोसका निर्वतमान अध्यक्ष बाबुराम रामदामुको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रामबाबु पौडेलले गर्नुभएको थियो । सभामा नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुबेदी, जिल्ला सहकारी संघका वरिष्ठ सञ्चालक विष्णु प्रसाद वास्तोला, सुनचांँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष जीवनज्योति सदाशंकर लगायतको विशेष आतिथ्यता रहेको थियो । 

सभामा प्रमुख अतिथि, विशेष अतिथि लगायत सुनचांँदी व्यवसायी महासंघ वाग्मती प्रदेशका उपसभापति टेक बहादुर विश्वकर्मा, नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसे, मेगा बैंक नारायणगढ शाखाका प्रमुख लक्ष्मी थपलियाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन टुलकप्रसाद विश्वकर्माले र व्यवस्थापन सहयोग रमेश रामदामले गर्नुभएको थियो ।
 साधारणसभा भदौ २५ गते शनिबार सम्पन्न भएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण