सोमबार, वैशाख २४
०३:५७

दाङमा ऋण असुली तथा धितो लिलामको कानुनी प्रकृया सम्बन्धी तालिम सञ्चालन

मंगलबार, भदौ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दाङ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रकृया सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नेफ्स्कून दाङ फिल्ड कार्यालयको आयोजनामा आज, भाद्र २८ गते सञ्चालन गरिएको एक दिवसीय उक्त तालिममा तिनवटै प्रदेशमा सञ्चालनमा रहेका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६७ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कून दाङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य भरत बहादुर बुढाथोकीको अध्यक्षता, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.को प्रमुख आतिथ्यता र जिल्ला बचत संघ दाङका सचिव बिमल अधिकारीको आतिथ्यता सहित तालिमसत्रको सुभारम्भ भएको थियो । 

प्रमुख अतिथि डि.सीले सहकारी क्षेत्रका समसामयिक विषयवस्तुहरुबारे चर्चा गर्दै सुशासित र सुदृढ सहकारी अभियान निर्माणका लागि राज्यको नियमन प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिका भित्रका सहकारीहरुमा सुशासन कायम गर्ने सवालमा नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा घोराही उपमहानगरपालिका सकारीको विकास र सुदृढीकरणका लागि नेफ्स्कूनसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बचतबद्धता व्यक्त गर्नुभयो । 

दाङ जिल्ला बचत संघका सचिव बिमल अधिकारीले सहकारीमा ऋण असुली तथा धितो लिलामको कानुनी प्रकृया सम्बन्धी तालिम अत्यन्त महत्वपूण तालिम रहेको हुँदा तालिमबाट पर्याप्त ज्ञान लिन र व्यवहारमा कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 

फिल्ड व्यवस्थापन उपसमिति सदस्य भरत बहादुर बुढाथोकीले नेफ्स्कूनले सञ्चालन गर्ने तालिम गुणस्तरीय, समयसान्दर्भिक र महत्वपूर्ण रहने हुँदा तालिमबाट पर्याप्त लाभ लिएर साकोस सञ्चालनलाई चुस्त दुरुस्त राख्नसकिनेमा जोड दिनुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत तथा सदस्य सेवा बिभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून दाङ फिल्ड कार्यालयका इन्चार्ज बिष्णुदत्त जोशीले र कार्यक्रमको ब्यवस्थापन फिल्ड कार्यालय सहायक प्रकाश लुहार र दिनेश महराले गर्नुभएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण