सोमबार, वैशाख २४
०७:१३

नेफ्स्कूनको प्रोबेसन कार्यक्रम अन्तर्गत मध्य तराई छैटौं समूहबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

शुक्रबार, भदौ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । चौघडा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा प्रोबेसन मध्य तराई छैठौं क्लष्टरको दोश्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भदौ ८ गते, बुधबार सम्पन्न भएको छ । 

हेटौंडा उपमहानगर–६ का वडा अध्यक्ष बिष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संस्थाका व्यवस्थापन र आयोजक संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारी गरी २४जना को उपस्थिति रहेको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो । 

कार्यशालामा प्रोबेसन कार्यक्रममा सहभागी जिल्लाका ८ वटा साकोसहरूः चौघडा साकोस, महामति साकोस, हातेमालो साकोस, बागेश्वरी महिला साकोस, नवयुबा साकोस, महिला जनशक्ति साकोस, महिला सेवा साकोस र महिला कल्याण साकोसका व्यवस्थापन द्वारा संस्थागत प्रस्तुती गरिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा महिला जनशक्ति साकोसका माया तामाङलाई पुरस्कृत गरिएको थियो ।  

कार्यक्रममा सहकारी विभागद्वारा जारी ३५ बुँदे निर्देशनको अक्षरशः पालना गरी संस्था सञ्चालनमा सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको थियो । सहकारी सञ्चालनमा देखिएका कमजोरीले दिनहुँ कहिँ कतै सहकारीका नकारात्मक समाचार आइरहँदा त्यसबाट हतोत्साही नभई तरलता व्यवस्थापनमा सजग भई संस्थागत कार्यसञ्चालनलाई प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव प्रदान गरिएको थियो । 

कार्यक्रमको समापन आयोजक संस्थाका  सचिव अर्जुन प्रसाद हुमागाईंले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका फिल्ड ईन्चार्ज ज्योति महतको पनि सहभागिता रहेको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण