शुक्रबार, वैशाख १४
०७:०२

पोखराको पुरुन्चौरस्थित जनसेवा साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम गोरखामा सम्पन्न 

आईतबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । पोखराको पुरुन्चौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) पुस १७ गते गोरखामा सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा यही पुस १३ देखि १७ गतेसम्म सञ्चालित तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति र व्यवस्थापन गरी २२ जनाको सहभागिता थियो । 

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. १९ का वडा सदस्य कृष्ण प्रसाद गौतम रहनु भएको थियो । प्रमुख अतिथि गौतमले कार्यक्रमको उद्धघाटन गर्ने क्रममा संस्था स्थापना गर्नुको उद्देश्य, संस्थाको ऐतिहासिक पृष्ठभुमि लगायत अबका दिनमा संस्थाको बृद्धि र विकासको लागि कार्यक्षेत्र विस्तार गर्ने देखि गुणस्तरीय सेवा विस्तारमा ध्यान दिन अनुरोध गर्नुभएको थियो ।  उहाँले संस्थाले अबका दिनमा प्रोबेसन ब्राण्डको निरन्तरता सँगै एक्सेस कार्यक्रमको सफलता तर्फ अग्रसर रहनुपर्ने कुरामा समेत जोड दिनुभएको थियो । 

५ दिवसीय उक्त तालिम सहजीकरण नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सिना र तालिम अधिकृत उमेश कोईरालाले गर्नुभएको थियो । 

जनसेवा सकोस कास्की जिल्लाभरबाट प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल एक मात्र साकोस हो,  साकोस हाल एसिया स्तरको एक्सेस कार्यक्रममा समेत आबद्ध छ । जनसेवा साकोस यसै बर्ष नेफ्स्कूनद्वारा प्रदान गरिएको प्रदेश स्तरीय उत्कृष्ट पुरस्कारबाट समेत पुरस्कृत भएको थियो । विभिन्न सामाजिक गतिविधिका साथै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको संस्थाको कुल सम्पती रु. २८ करोड, बचत रु. २२ करोड र ऋण लगानी रु. २३ करोड रहेको छ भने संस्थागत पुँजी कुल सम्पतीको ५दशमलव ७६ प्रतिशत रहेको संस्थाका ब्यवस्थापक प्रेमसागर अधिकारीले साकोस अवाजलाई जानकारी गराउनुभयो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण