शुक्रबार, वैशाख १४
०५:५१

पोखराको श्री विहानी साकोस प्रोबेशन कार्यक्रममा सहभागी  

सोमबार, भदौ २२
saccosaawaj

पोखरा, भदौ २२ । पोखरा–८ स्थित श्री विहानी बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्वारा  प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनमा सहभागी भएको छ ।

नेफस्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिना र विहानी साकोसको तर्फबाट अध्यक्ष धर्मराज भण्डारी, सचिव सुजनबाबु अधिकारी, ब्यवस्थापक अनुज पौडेलसहित आज एक संक्षिप्त कार्यक्रमका बीच प्रोवेसन कार्यक्रम सहभागिताका लागि दुईपक्षिय सम्झौता भएको हो ।

संस्थाका अध्यक्ष धर्मराज भण्डारीले नेफस्कूनले दिएको मार्गनिर्देशनलाई अंगिकार गर्दै प्रोबेशन ब्राण्ड  प्राप्त गर्ने उद्देश्यका साथ कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

समुदायमा आधारित विहानी साकोस कोभिड १९ महामारीका कारण लामो समयको बन्दाबन्दीको अवस्थामा पनि निरन्तर सदस्य सेवामा समर्पित छ । हाल ९ हजार १ सय ३४ सदस्यहरु मार्फत साकोसको कुल कारोबार ७६ करोड ३४ लाख ९० हजार ६ सय ६६ रुपैंया रहेको छ । 
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण