आईतबार, जेठ ६
०४:१७

नेफ्स्कून कर्मचारी क्षमता अभिबृद्धि तालिम निरन्तरता......

शुक्रबार, भदौ १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, भदौ १९ । कर्मचारीको कार्यसम्पादन सीपमा निखार ल्याउने उद्देश्यसहित नेफ्स्कूनले जुम प्रविधिमार्फत दोस्रो दिनको तालिम सम्पन्न गरेको छ । विहिबार बाट शुरु तीन दिवसीय सहायक कर्मचारी क्षमता अभिबृद्धि तालिमको आज दोस्रो दिन संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले प्रशिक्षण गर्नुभएको छ । 

कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले  कार्यसम्पादन सीप कौशल, कार्यसम्पादन प्रवृत्ति र कार्यसम्पादन लक्ष्य निर्धारण मार्फत कर्मचारीहरुको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन सकिने विषयमा विभिन्न रोचक प्रसङ्ग र सकारात्मक उदाहरणहरु सहित प्रशिक्षण दिनुभयो । साथै परिणाममुखी कार्यसम्पादनका पूर्वशर्तहरु, कार्यसम्पादन मूल्यांकनलाई प्रभाव पार्ने तत्वहरु जस्तै कर्मचारी सम्बन्ध, कार्यवातावरण, तालिम तथा बृद्धि विकासका अवसर र मूल्य सृजनाले कार्यसम्पादनको प्रभावकारिता मा महत्वम भूमिका राख्ने विषयमा ध्यानाकर्षण गराउँदै कर्मचारीको स्वास्थ्य, सुरक्षा, सकारात्मक सोच, तनाव व्यवस्थापन, स्वस्थ कार्यवातावरण र समुह कार्य नै कर्मचारीको व्यक्तिगत एव्म कार्यालयीय सफलताको अन्तिम सूचक भएको बताउनुभयो । 

संघका प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले आचारसंहिताको पालना, स्मार्ट सोच र स्मार्ट पोसाक, स्वस्थ पारिवारिक वातावरण, समय व्यवस्थापन,  समूह कार्य, स्वअध्ययन र निरन्तर अपडेट बाट कर्मचारीहरुमा प्रभावकारी कार्यसम्पादन, क्षमता तथा नेतृत्व विकास हुने जानकारी गराउनुभयो । ७० जना सहभागी उक्त तालिममा कर्मचारीहरुले राखेका जिज्ञासाहरुको सम्वोधन स्वयं प्रशिक्षकहरुले गर्नुभएको थियो ।   

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण