आईतबार, जेठ ६
०४:०६

कर्मचारीहरुको क्षमता विकासका लागि भर्चुअल तालिम सञ्चालन

बिहीबार, भदौ १८
saccosaawaj

काठमाडौं, भदौ १८ । नेफ्स्कूनले महामारीको समयमा कर्मचारीहरुको क्षमता विकासका लागि तीन दिवसीय भर्चुअल तालिम सञ्चालन गरेको छ । संघमा कार्यरत सहायक स्तरका कर्मचारीका लागि पहिलो दिन तनावमुक्त कार्यसम्पादन र स्वउत्प्रेरणा विषयक प्रस्तुती मार्फत व्यक्तिगत तथा कार्यास्थलीय तनाव व्यवस्थापनका उपायहरु र स्वउत्प्रेरणा विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । संघका महासचिव दामोदर अधिकारीले विषयको प्रस्तुतीकरण मार्फत कर्मचारीहरुको ज्ञान सीप क्षमता विकासका लागि स्वअध्यनको बानी विकास, काम प्रति जिम्मेवारीपन, काममा प्राथमिकता निर्धारण क्रमको विषय, मनोवैज्ञानिक तनाव व्यवस्थापन मार्फत क्रियाशिलता र सकारात्मक उर्जा प्राप्त गर्ने बिषयमा कर्मचारीहरुलाई प्रशिक्षित गर्नुभएको छ ।

अध्यक्ष परितोष पौड्यालले कर्मचारीहरुले स्वअध्ययन, बोल्ने शैलीको विकास, छलफल चलाउने कौशल अभिबृद्धि गर्दै आफ्नो स्तरोन्ती, व्यक्तित्व विकास, क्षमता विकास सँगै नेतृत्व विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जानकारी गराउनुभयो ।

संघका व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले कर्मचारी अनुशासन र आचारसंहिताको पालना सम्बन्धी जानकारी गराउनुभएको थियो । तालिममा संघको केन्द्रीय कार्यालय सहित देशभरका फिल्ड कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रम सहजीकरण संघका व्यवसाय अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण